आज:
  • होमपेज / Breaking News

    कोभिड टोः कोरोना भाइरस सङ्क्रमण हुँदा औँलामा छालाको समस्या, यी हुन् लक्षण

  • वीरगंज संजाल
  • ७ कार्तिक २०७८, आईतवार ११:४१
  • २२६५

    वीरगन्ज | वैज्ञानिकहरूले कोरोनाभाइरस सङ्क्रमण भएका मानिसहरूका खुट्टा वा हातका औँलामा छालाको समस्या देखिनुको कारण व्याख्या गर्न सकिने बताएका छन्। “कोभिड टो” नाम दिइएको उक्त अवस्थामा मानिसहरूको खुट्टा या हातको औँला सुन्निने र तिनमा चिलाउनेगरी रातो दाग देखा पर्छ। शरीरको प्रतिरक्षा प्रणालीले भाइरसविरुद्ध लड्न आक्रामक रूप लिँदा त्यसको प्रभावस्वरूप कोभिड टो देखा पर्ने जनाइएको छ। अनुसन्धानकर्ताहरूले प्रतिरक्षा प्रणालीमा संलग्न कुन भागका कारण यस्तो असर देखिन्छ त्यसको किटान गरेका छन्। ब्रिटिश जर्नल अफ डर्माटोलजीमा उल्लिखित निष्कर्षहरूले यस्ता समस्याको उपचार गर्न सहयोग पुर्‍याउने अनुमान गरिएको छ। अब कोरोनाभाइरस सङ्क्रमण हुनु राम्रो कि खोप लगाउनु? झन् सजिलै फैलिन सक्छ कोरोनाभाइरसको डेल्टा ‘प्लस’ भेरिअन्ट

    के हो कोभिड टो?
    कोभिड टो जुनसुकै उमेर समूहका मानिसमा देखिन सक्ने समस्या हो। तर त्यसले बालबालिका तथा किशोरकिशोरीलाई बढी प्रभावित गर्छ। कतिपयका लागि यस समस्या पीडारहित हुन्छ। तर कतिपय अवस्थामा भने छालामा देखिने डाबर अत्यधिक दुख्ने, चिलाउने, फोकाहरू आउने र सुजन हुन्छ। स्कटल्यान्डकी १३ वर्षीया सोफिया कोभिड टो पीडित हुन्। उनलाई हिँड्न र जुत्ता लगाउन समेत गाह्रो भएको थियो। गर्मी यामभरि उनले लामो यात्रा तय गर्न आफू कसरी ह्वीलचेअरको भर परेँ भन्नेबारे बीबीसीलाई बताएकी छन्। समस्या देखिएको सङ्क्रमित छालाको रङ्ग रातो वा बैजनी हुन सक्छ। केही मानिसमा दुख्ने डाबर वा छाला खस्रो हुने समस्या देखा पर्छ। त्यसमा पीप पनि जम्न सक्छ। मानिसहरूमा यस समस्या हप्तौँदेखि महिनौँसम्म रहन सक्छ। पीडितहरूमा खोकी लाग्ने, ज्वरो आउने, स्वाद वा गन्धमा परिवर्तनजस्ता कोभिड-१९ का लक्षणहरू नदेखिन सक्छन्।

    किन हुन्छ कोभिड टो?
    रगत र छालामा गरिएको परीक्षणमा आधारित पछिल्ला अध्ययनका निष्कर्षहरूले प्रतिरक्षा प्रणालीको दुई भाग जिम्मेवार हुनसक्ने जनाएको छ। दुवै भाग मानिसको शरीरले कोरोनाभाइरसविरुद्ध लड्ने संयन्त्रअन्तर्गत पर्छन्। तीमध्ये एक टाइप-१ इन्टर्फेरोन भनिने एन्टिभाइरल प्रोटीन हो। अर्को चाहिँ एन्टिबडी हो जसले झुक्किएर भाइरसको साटो शरीरका कोशिका र तन्तुहरूलाई आक्रमण गर्छ। यूनिभर्सिटी अफ प्यारिस, फ्रान्सका अनुसन्धानकर्ताहरूका अनुसार सङ्क्रमित स्थानमा रक्तसञ्चार गर्ने रक्तनलीको सतहमा भएका कोशिकाहरू पनि संलग्न हुन्छन्। अनुसन्धानमा सन् २०२० मा कोभिड टो भएको आशङ्का गरिएका ५० जना सहभागी थिए। तीबाहेक १३ अन्यमा छाला चिलाउने र सुन्निने लक्षण भएका मानिस समाविष्ट थिए। उनीहरूमा भने कोरोनाभाइरस सङ्क्रमणको लक्षण देखिएको थिएन। उनीहरूलाई यस्तो समस्या कोभिड-१९ महामारीअगावै देखिएको थियो। कोभिड-१९ सधैँ रहिरहन सक्छ – यो सँग हामीले कसरी बाँच्न सिक्न सक्छौँ? नेपालमा पनि ‘दीर्घ कोभिड’, यसो भन्छन् फेला परेका एक बिरामी अनुसन्धानकर्ताहरूले निष्कर्षले बिरामी र चिकित्सकहरूलाई उक्त अवस्थाबारे बुझ्न सहयोग गर्ने विश्वास गरेका छन्। ब्रिटिश पोडियाट्रिस्ट (खुट्टा, पैताला र गोल गाँठोको भाग हेर्ने चिकित्सक) डा. इभान ब्रिस्टोले भनेङ “धेरै बिरामीको हकमा छाला चिलाउने र सुन्निने समस्या प्रायः जाडो महिनामा र रक्त सञ्चालनमा समस्या भएका मानिसमा देखिन्छ। छालाको प्रभावित भाग समय क्रममा आफैँ ठिक हुन्छ।”

    केही मानिसलाई मल्हम र औषधिसहित उपचार आवश्यक पर्छ। “यस समस्याको कारण पुष्टि हुनाले प्रभावकारी नयाँ उपचार पद्धतिको विकासमा सहयोग पुर्‍याउँछ,” उनले भने। ब्रिटिश स्किन फाउन्डेशनकी प्रवक्ता एवं सल्लाहकार चर्मरोग विशेषज्ञ डा. फेरोनिक बाटाईका अनुसार कोभिड टो महामारीको प्रारम्भिक चरणमा बारम्बार देखा परेको थियो। डेल्टा भेरिअन्टको लहरमा भने कम देखिएको उनले बताइन्। अधिकांश मानिसले खोप लगाएका कारण उक्त सङ्ख्यामा कमी आएको हुनसक्ने अनुमान गरिएको छ। खोपपश्चात् कोभिड टो कम देखिएको छ,” उनले भनिन्। के हुन् कोरोनाभाइरसका नयाँ भेरिअन्टहरू? कोभिड-१९ सधैँ रहिरहन सक्छ – यो सँग हामीले कसरी बाँच्न सिक्न सक्छौँ? कोभिडका कारण हुने छालाका समस्याहरू गम्भीर सङ्क्रमणपछि देखिन सक्छन्। साथै लक्षणरहित सङ्क्रमितहरूमा पनि केही समयपश्चात् यस्तो समस्या देखिएको छ। त्यसैले कोरोनाभाइरसकै कारण यस्तो समस्या देखिएको किटान गर्ने प्रशस्त आधारहरू नहुन सक्ने उनले बीबीसीसँग बताइन्।
    द ब्रिटिश असोसिएशन अफ डर्म्याटोलजिस्टले कोभिडका कारण हुनसक्ने चर्मरोगको सूची नै तयार पारेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑