वीरगन्ज | काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ९३१ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर ५१३ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं उपत्यकामा मात्रै २१३ संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै १५० जना छन् । यस्तै, ललितपुरमा ३९ र भक्तपुरमा २४ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर आठजनाको मृत्यु पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा देशभर ८१७ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।