वीरगन्ज | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताएका छन् । पराजित भएका शक्तिहरु आफूहरुका विरुद्ध आइलाग्ने र त्यसकोे सामाना गर्र्र्दै एकजुट भएर बढ्ने उनले बताए ।
“हामीले एक्लै आगामी निर्वाचनमा हरेक तहमा सनादार ढंगले बहुमत ल्याउने तयारी पनि गरिरहेका छौं,” उनले भने । ओलीले पाँच दलीय गठबन्धनलाई प्रतिक्रियावादी, प्रतिगामीको संज्ञा पनि दिए ।
“पाँच दलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी गठबन्धन हो । जो कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने, कम्युनिस्ट सरकार ढाल्ने, कम्युनिस्ट फुटाउने र प्रतिक्रियावादीहरुका पाउमा सेवा अर्पण गर्र्छ,” ओलीले भने,“ दक्षिणन्थी दमनकारी दिशाहीन सरकार स्थापना गर्ने काम गरिरहेको छ । ओलीले एमाले युगको अन्त्य भएको भन्ने हल्ला बलेसीको पानीको फोका जस्तै भएको टिप्पणी गरे ।