वीरगन्ज | चीन र लाओस जोड्ने रेलमार्ग बनेको छ । सिसिटिभीका अनुसारका अनुसार १०२४ किलोमिटर लामो अन्तरदेशीय रेलमार्गको निर्माण सकिएर गत साता परीक्षणका रूपमा रेल पनि चलाइएको छ। चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ्सअन्तर्ग बनेको उक्त रेलमार्गमा ५.९ अर्ब अमेरिकी डलर खर्च भएको छ।
सन् २०१६ मा निर्माण थालिएको उक्त रेलमार्गले चिनियाँ प्रान्त युनान राजधानी कुनमिङ सहर र लाओसको राजधानी भेन्टियानलाई जोड्ने छ। उक्त रेलमार्गमा १६७ वटा सुरूङ बनाइएको छ। चीन र लाओसको सीमा क्षेत्रमा पनि सुरूङ बनाइएको छ। सुरूङभित्र दुई देशको सीमा छुट्याउन भित्तामा उनीहरूको झन्डा राखिएको छ।
आउने डिसेम्बरदेखि रेलमार्ग नियमित सञ्चालनमा आउने बताइएको छ। लाओसमा भुपरिवेष्ठित मुलुक हो। चीन जोड्ने रेलमार्ग बनेसँगै त्यहाँको पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।