काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व जनसंख्या कोष (युएनएफपीए)का कार्यकारी निर्देशक डा नातालिया कनेमले भेटघाट गरेकी छन् । युएनएफपीएका कार्यकारी निर्देशक हिजोदेखि नेपाल भ्रमणमा रहेकी छन् । युएनएफपीएको नेपालस्थित कार्यालयले उनीहरुबीच आपसी चासोका विषयमा छलफल गरेको जनाएको छ ।
यही कात्तिक २६ देखि २८ गते सम्म केन्याको राजधानी नैरोबीमा हुन लागेको जनसंख्या र विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको २५ औं सम्मेलनमा नेपालको प्रतिनिधित्वका लागि अनुरोध गर्न उनी नेपाल भ्रमणमा आएको बताइएको छ ।