• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    देउवा सरकार बनेको आज सय दिन : यी हुन् गरेका २४ काम

  • वीरगंज संजाल
  • ३ कार्तिक २०७८, बुधबार १३:०३
  • १९६५

    वीरगन्ज | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको आज (कात्तिक ३ गते) सय दिन पुगेको छ। देउवा पाँचौंपटक प्रधानमन्त्री बनेको बुधबार सय दिन पुगेको हो। सर्वाेच्च अदालतले गत असार २८ गते प्रतिनिधि सभा पुनःस्थापना गर्दै दिएको परमादेशअनुसार उनी प्रधानमन्त्री बनेका थिए। देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। प्रधानमन्त्रीमा नियुक्त भएको पाँचौं दिन देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिएका थिए। संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

    देउवाले गत असार २९ गते नै राष्ट्रपति भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए। लगत्तै देउवाले चारजनालाई मन्त्री बनाएका थिए। कांग्रेसबाट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुन, न्याय तथा संसदीय मामिला, नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई ऊर्जा मन्त्रीमा नियुक्त गरेका थिए। त्यसको १२ दिनपछि प्रधानमन्त्री देउवाले साउन १० गते कांग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका थिए। त्यसयता असोज २१ गतेसम्म उनले ६ सदस्यीय मन्त्रिपरिषदबाट सरकार सञ्चालन गरेका थिए।

    देउवाले प्रधानमन्त्रीको बागडोर सम्हालेको ८८ औं दिन अर्थात् असोज २२ गते मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए। मन्त्रिपरिषदमा प्रधानमन्त्रीबाहेक २१ मन्त्री र तीन राज्यमन्त्री थिए। तर, मन्त्री बनेकाे २ दिनमै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिएका थिए। सर्वोच्च अदालतका प्रधानन्यायाधीश चालेन्द्रशमशेर राणाको ‘कोटा’ बाट मन्त्री बनाइएको भनेर आलोचना भएपछि उनले पदबाट राजीनामा दिएका हुन्। सरकारका सय दिन पूरा गरेको अवसर पारेर प्रधानमन्त्री देउवाको सचिवालयले सरकारले गरेका कामको फेहरिस्त सार्वजनिक गरेको छ।

    सचिवालयले बुधबार बिहान सार्वजनिक गरेकाे सय दिनमा सरकारले गरेका २४ कामको सूची-

    १) सन्तुलित ‘नेपाल पहिला’ परराष्ट्र नीति

    २) सफल खोप कूटनीति

    ३) एक करोड ५० लाख खोप व्यवस्थापन

    ४) लक्षितमध्ये ३२ दशमलव ६ प्रतिशतले पूर्ण खोप लगाए

    ५) लगानीमैत्री वातावरणको सिर्जना

    ६) निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम

    ७) कोभिडको मारमा परेका उद्योगी–व्यवसायीलाई राहत प्याकेज

    ८) प्रभावकारी रुपमा कोभिड-१९ रोकथाम, नियन्त्रण तथा व्यवस्थापन

    ९) चुस्त सुरक्षा व्यवस्था

    १०) प्रभावकारी रुपमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

    ११) राजस्व संकलनमा उल्लेख्य वृद्धि

    १२) स्टार्टअप व्यवसायलाइ प्रोत्साहन गर्ने कार्यविधि तथा कोष तयार

    १३) विद्युतीय लाइन विस्तार तथा विद्युतको पहुँचमा वृद्धि

    १४) सडक तथा यातायातको पहुँच विस्तार

    १५) देशभर निःशुल्क कानुनी सहायता प्रदान गर्ने कानुनी मस्यौदा तयार

    १६) सबै स्थानीय तहलाई इन्टरनेट सञ्जालमा जोडिएको

    १७) विद्युतीय माध्यमबाटै कर विवरण हेर्न तथा भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको

    १८) सरकारी कागजातहरुको डिजिटल अर्काइभिङ सुरु

    १९) दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि डिस्टन्स लर्निङको प्रक्रिया सुरु

    २०) प्राकृतिक विपत्तिमा तत्काल रेस्पोन्स

    २१) क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय

    २२) अति विपन्न गरिब घरपरिवारलाई प्रतिघरपरिवार १० हजार रुपैयाँका दरले राहात दिने घोषणा

    २३) युवा विद्यार्थीलक्षित ‘पढ्दै कमाउँदै’ कार्यक्रम र नारी समुदायलक्षित ‘महिला पहिला’ कार्यक्रम घोषणा

    २४) साफ च्याम्पियनसिपमा उपविजेता बन्न सफल राष्ट्रिय टिमका खेलाडीलाई प्रोत्साहनस्वरुप जनही रु ५ लाख दिने घोषणा

    याे पनि : ​‘एमसीसी परिमार्जन गर्न अमेरिका तयार’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते
  • सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति
  • सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम
  • कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    गैंडाकोटमा टाटा योद्धा र स्कुटर आपसमा ठोक्किँदा दुर्घटना, एक जना घाइते

    वीरगञ्ज उद्योग वाणिज्य सङ्घमा क्रियाशील युवा पत्रकार मंचको स्वागत भेटघाट कार्यक्रम सम्पन्न

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    News

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    News

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    News

    कालिकामाई गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा, चालक घाइते

    News

    राष्ट्रपति पदका उम्मेदवारलाई १५ वर्षका किशोरले गोली हानिदिए, २ गोली टउकोमा लागे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑