गुवाहाटी । भारतको जम्मु काश्मीरस्थित कुपवारा जिल्लामा पाकिस्तानी सेनाले हिजो युद्धविराम तोडेपछि भएको भिडन्तमा गोर्खा रेजिमेन्टका पदमबहादुर श्रेष्ठ र गमील कुमार श्रेष्ठको मृत्यु भएको छ ।
पदमबहादुर श्रेष्ठ भारतकै गोलाघाट जिल्लाको हात्तीघुलीका भएको जनाइएको छ । उनका पत्नी, दुई छोरी, एक छोरा र आमाबाबु रहेका छन् । गमील भने नेपालका भएको जनाइएको छ । उनको नेपालको ठेगाना भने खुलेको छैन । अर्का एक सर्वसाधारण पनि मारिएको र पाकिस्तानी सेनाले अन्य तीन जनालाई घाइते बनाएको जनाइएको छ ।
भारतका प्रधानसेनापति बिपिन रावतले दुई सैनिकको मृत्युप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । नेपालका भनिएका श्रेष्ठको घर भने कहाँ हो खुलेको छैन ।