वीरगंज । तराइका किसानलाई यतिखेर धान भित्र्याउने चटारो परेको छ। उत्तरी क्षेत्रमा रहेका पर्सा ,बारा , रौतहट,सिराहा ,सप्तरी ,धनुषाको विभिन्न क्षेत्रमा धान पाकेर भित्र्याउन थालिएको किसानहरुले बताएका छन्।
दक्षिणी भेगमा साउनमा रोपिएको धान भने दशैंपछि भित्र्याउने किसानहरुको तयारी छ। प्रदेश 2 का 8 वटै जिल्लामा धान खेती हुन्छ।यो वर्ष बेलैमा पर्याप्त वर्षा भएकाले किसानहरुले असार लाग्नासाथ धान रोपेका थिए। पर्याप्त वर्षा भएकाले यस वर्ष धान उत्पादन राम्रो हुने किसानहरूले अनुमान गरेका छन्।
कृषि ज्ञान केन्द्र पर्साले कतैकतै गवारो र लाही किरा जस्ता सामान्य रोगको प्रकोप देखिए पनि धान राम्रै फलेको बताएको छ। यस वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको बताए। केही दिन आकाशे वर्षा नभए किसानले धान धमाधम भित्र्याउने बताए।