• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस

  • वीरगंज संजाल
  • २७ आश्विन २०७८, बुधबार ०७:१८
  • ४५६१

    वीरगन्ज । आज फलाना ठाउँमा बाढी आयो रे !
    आज यो ठाउँमा पहिरो गयो !
    भुईँचालोले यति मान्छे लग्यो !
    ज्वालामुखी ले यसो गर्यो !

    पृथ्वीका हरेक कुना अनि समग्र भूगोल नै अनेकन प्राकृतिक प्रकोप र विपत्तिहरूको सम्भाव्य जोखिममा छ । अझ मानवीय क्रियाकलाप, प्राकृतिक सम्पदाको अविवेकी प्रयोग, जलवायु परिवर्तन आदिले त झन् प्राकृतिक प्रकोपको जोखिम बढाएको छ नै ।

    हरेक वर्ष विश्व समुदायले अक्टोवर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवसका रुपमा मनाउने गर्छ । अनेक किसिमका कार्यक्रम, सभा सम्मेलन, गोष्ठी इत्यादिले जनजागरण फैलाउने, अनि हानी न्युनीकरणका लागि यस दिवसको महत्व धेरै छ ।

    सन् २०२१ को प्राकृतिक प्रकोप नियन्त्रण दिवसको नारा चाहिँ ‘International cooperation for developing countries to reduce their disaster risk and disaster losses’ रहेको छ । विश्वभरिका देशहरूबीच प्राकृतिक प्रकोप नियन्त्रण निम्ति सहकार्यको पैरवी गर्न यो दिवसको भूमिकालाई यो वर्ष विशेष जोड दिइएको छ ।

    प्राकृतिक प्रकोपसँग हामी जुध्न सक्दैनौं । हामीले केवल पूर्वतयारी तथा सतर्कता अपनाएर हुन सक्ने हानि तथा जोखिम न्युनीकरण मात्र गर्न सक्दछौं, हैन र ? सन् १९८९ को राष्ट्र संघको साधारणसभाले प्राकृतिक विपत्तिविरुद्ध पूर्वतयारी र जागरणको अभिवृद्धिका लागि यस दिवसको शुरुवात गरिएको हो र आज पनि यस दिनमा सञ्चार माध्यमहरूले विश्वभर यस विषयमा प्रभावकारी ज्ञान, सीप र धारणाको प्रवाह गर्छन् ।

    यसका साथै समुदाय, राष्ट्र अनि क्षेत्रकै जागरणस्तर बढाउनुपर्छ । पूर्वतयारी संरचनामाथिको पहूँच बढाउन अनि पीडितहरूको संरक्षणका लागि विशेष आह्वान गर्ने संयुक्त राष्ट्रसंघको योजना छ । छोटा–छोटा दूरीमा फरक भू–बनोट, हावा–पानीका लागि विश्व समुदायमा परिचित नेपालले पनि समय–समयमा धेरै प्राकृतिक विपत्तिहरूको सामना गर्नुपरेको छ । समय–समयको भूइँचालो होस् या यस वर्षको भीषण बाढी पहिरो, भौगोलिक रुपमा विविधतासँगै जटिल नेपाल सदैव प्राकृतिक विपत्तिको उच्च जोखिममै छ ।

    दुःखद् कुरा चाहिँ नेपालीहरूको अपर्याप्त प्रकोप नियन्त्रण सीप र जानकारी रहेकाले हुने थप हानि र जोखिमका कारणले हुन जान्छ । राजधानी काठमाडौंकै मूलधारको खानेपानी, स्वास्थ सुविधा र आधारभूत कुराहरूको सुलभतामाथि भुईँचालोले कडा प्रश्न चिह्न उठाएको हामीले चाल पाएकै हौँ । राजधानीको त्यो हविगतले सापेक्षित रुपमा दूरदराजका गाउँहरूको अवस्था सहजै बयान गर्छ । नेपाली पाठ्यक्रममा अझै पनि प्राकृतिक प्रकोप नियन्त्रण गर्न प्रयोगात्मक अभ्यास र व्यवहारिक शीर्षकहरू नहुनु झनै दुःखदायी कुरा हो ।

    अझ अव्यवहारिक विकासे ज्ञान जस्तै भुँईचालो आउँदा टेबलमुनि या घरभित्रै रोकिएर छेलिएर आडमा बस्ने भन्ने ज्ञानहरूले ठ्याक्कै विपरीत ज्यान जोखिममा पारेको र बाँच्नुपर्ने ज्यान पनि मृत्यु र अङ्गभङ्गको जोखिममा परेको उदाहरण भुइँचालोताका देखिएको हो । माटो सुहाउँदो प्रविधि र प्रक्रियाको साटो हामी आयातित कुरामा सोलोडोलो लागेको परिणाम हुनसक्छ । अझै पनि नेपाली भूमिमा प्राकृतिक प्रकोप भएमा न्युनतम पूर्वतयारी पनि छैन ।फेरि प्राकृतिक प्रकोप नियन्त्रण गर्ने एकमुष्ठ जिम्मा अनि जागरणका कार्यक्रम धेरै हदसम्म गैरसरकारी संस्थाको पोल्टामा पर्नु पनि दुर्भाग्य नै हो । शायद, यसै कारणले पनि भूकम्पपश्चात् धर्म परिवर्तन र मानव तस्करका कुराहरू आएका हुन सक्छन् । यस्ता संवेदनशील सवालमा सरकारी र गैरसरकारी दुवै तहको समान सहभागिता जरुरी छ । आजको दिन यी सबै कुराहरू विश्व समुदायसँगै नेपालले पनि बुझ्न र आत्मसात् गर्न जरुरी छ । प्राकृतिक प्रकोप निवारक अनि थाम्न सक्ने संरचनाहरू बनाऔँ । आउँदा पुस्तालाई यसको पूर्वतयारीप्रति सजग गराऔँ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    News

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑