वीरगंज | मुगुमा बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख १६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिकास्थित पिनागाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर १८ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बस सडकबाट करिब ३०० मिटर तल खसेको बताए ।
बस भीरबाट धेरै तल झरेकाले घाइतेको उद्धार तथा शव संकलनको काम भइरहेको प्रजिअ महतले बताए । दुर्घटनाबारे विस्तृत विवरण आउँन बाँकी छ ।