• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपालमा ११ लाखभन्दा बढी मानसिक रोगी

  • वीरगंज संजाल
  • २५ आश्विन २०७८, सोमबार ०८:२१
  • १९४९

    वीरगंज | नेपालमा कुल जनसङ्ख्याको ४ प्रतिशत मानिस मानसिक समस्याबाट ग्रसित रहेको पाइएको छ । नेपालको राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ का अनुसार कुल जनसङ्ख्या २ करोड ९० लाखको ४ प्रतिशत मानसिक रोगी रहेका छन् ।नेपालमा किशोर किशोरीहरूलाई समेत मानसिक रोग देखिएको सर्वेक्षणले देखाएको छ । १३ देखि १७ वर्षसम्मका ५.२ प्रतिशत किशोर किशोरीहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ६.५ प्रतिशत किशोर किशोरीले वर्तमान अवस्थामा आत्महत्याको सोचको अनुभव समेत गरेको सर्वेक्षणले देखाएको छ ।

    विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक स्वास्थ्य र लागू  औषध दुर्व्यसनका कारण विश्वमा ५ मध्ये १ अपाङ्ग जीवन   बाँच्नु पारेको छ ।  नेपाल लगायतका न्यून र मध्य आय भएका राष्ट्रहरूमा अझै  मानसिक समस्या भएका व्यक्ति अपाङ्ग जीवन बिताइरहेका छन् ।विश्व स्वास्थ्य संगठनका अनुसार हरेक चारमध्ये एक जनामा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या देखिने गरेको   पाइएको छ । हाल विश्वमा मानसिक रोग दोस्रो ठुलो रोगको रूपमा देखापरेको छ । विश्वभरमा हरेक वर्ष आत्महत्याका कारण ७ लाख भन्दा बढी मानिसहरूको मृत्यु हुने गर्छ । एच.आई.भी एड्स, मलेरिया वा महिलाको स्तन क्यान्सर वा युद्ध र हत्या भन्दा बढी रोगका मृत्यु हुनेको सङ्ख्याभन्दा आत्महत्या गर्नेको सङ्ख्या बढी छ ।

    यता नेपाल प्रहरीको तथ्याङ्क अनुसार गत्त आर्थिक वर्षमा हरेक दिन औसतमा २० जना आत्महत्या गरेका थिए । गत वर्ष ७ हजार ११७ वटा आत्महत्याका घटना दर्ता भएका थियो । जुन तथ्याङ्क विगत वर्षको तुलनामा १३.७ प्रतिशतले वृद्धि भएको छ । कोरोना महामारीका कारण मानसिक स्वास्थ्य समस्या भएका बिरामीको अवस्था झन् जटिल बन्दै गएको पाइएको छ ।    लामो समयदेखि घरभित्र सीमित कोरोना सङ्क्रमणका कारण उत्पन्न सामाजिक आर्थिक र शैक्षिक असहजता तथा असमानता गर्दा झन् मानसिक समस्या भएका बिरामी बढेको अध्ययनले देखाएको छ ।

    १३ अस्पतालबाट मानसिक स्वास्थ्यको उपचार  

    देशका १३ वटा सरकारी अस्पतालबाट मानसिक रोगीको बिरामी हुने गर्छ । १३ सरकारी अस्पतालमा १० शय्याका दरले १३० शय्या अन्तरङ्ग मानसिक स्वास्थ्य सेवा विस्तार गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शारीरिक स्वास्थ्यमा देखिएका समस्या जसरी आम जनताले लिन्छन् त्यहीअनुसार मानसिक समस्यालाई नलिन सकेका छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सरकारले अशक्त, असहाय र बेवारिसे मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूको उपचार तथा पुनर्स्थापनाको लागि काम गरिरहेको बताएको छ । काठमाडौँ उपत्यकासहित मुख्य सहरका सडकमा मानसिक स्वास्थ्य  समस्याका कारण बेवारिसे भएका मानिस खुलेआम हिँडिरहेका हुन्छन् ।

    महामारीले मानसिक बिरामीलाई झन् समस्या

    कोरोना महामारीका कारण मानसिक स्वास्थ्य समस्या भएका बिरामीको अवस्था झन् जटिल बन्दै गएको पाइएको छ ।    लामो समयदेखि घरभित्र सीमित कोरोना सङ्क्रमणका कारण उत्पन्न सामाजिक आर्थिक र शैक्षिक असहजता तथा असमानता गर्दा झन् मानसिक समस्या भएका बिरामी बढेको अध्ययनले देखाएको छ ।मानसिक स्वास्थ्य सेवामा पहुँचको अभाव र समुदायमा व्याप्त भ्रम, अन्धविश्वासका कारण समयमा नै उपचार पाउनबाट वञ्चित भएको स्वास्थ्य मन्त्रालयले गरेको अध्ययनमा उल्लेख गरिएको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा नसर्ने रोगहरू तथा मानसिक स्वास्थ्य शाखा स्थापना गरेर मानसिक स्वास्थ्य सेवामा  दिन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जनस्वास्थ्य सेवा ऐन २०७५ को आधारभूत स्वास्थ्य सेवामा मानसिक स्वास्थ्य सेवालाई   मानसिक स्वास्थ्य सेवा पनि समावेश गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान
  • बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’
  • भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    News

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    News

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    News

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑