बीरगंज । पकाहामैनपुर गाउँपालिकामा शनिबार सरकारी गाडी चलाउँदै गरेको अवस्थामा सरकारी गाडीको दुरूपयोग भइरहेको भन्दै पकाहामैनपुर युवा सञ्जालका युवाहरुले गाडीरोकेका छन् ।
नियम अनुसार बिना काम शनिबार सरकारी गाडी चलाउन रोक लगाए पनि पकाहामैनपुर गाउँपालिका अध्यक्ष विजय कुमार चौरसियाले आफ्नो मनपरी गाउँको मानिसबाट अनावश्यक कामले स्कोर्पियो चलाउन लगाई चलाउँदै गरेको अवस्थामा गाउँपालिकाको वडा नं २ मधुबनि श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय नजिक युवा सञ्जालका युवाहरुले गाडी रोकी सोधपुछ गर्दा गाउँपालिका अध्यक्ष चौरसिया आफूलाई ठूलो ठानी युवा सञ्जालका युवाहरु माथि आक्रमण गरेका थिए ।
गाउँपालिका अध्यक्ष चौरसिया चढेको ना १ झ १६८६ नम्बरको स्कर्पियो युवा सञ्जालले रोकी शनिबार हामीले सरकारी गाडी दुरूपयोग गर्ने दिँदैन भनेका थिए भने युवा सञ्जालका युवाहरुको कुरा नसुनी आफू भनेको कुरा सुनू भन्दा युवाहरुले सडक बीच बाटोमा स्कोर्पियो रोकेका थिए ।
पछि गाउँपालिका अध्यक्ष चौरसियाले जिल्ला प्रशासन कार्यालय पर्साका जिल्ला प्रमुख अधिकारी पिताम्बर घिमिरेलाई फोन मार्फत जानकारी गराएका थिए । फेरि युवा सञ्जालका युवाहरुले जिल्ला प्रमुख अधिकारी घिमिरेसँग जानकारी गराउँदा जिल्ला प्रमुखले मौखित रूपमा मैले भनेको हो एक चोटी लागि छोडदिनु आउँदो शनिबार देखि आवश्यक काम परे लिखित रूपमा पास दिने गरी सहमति हुँदा युवा सञ्जालका युवाहरुले गाडी छोडेका युवा सञ्जालका प्रवक्ता प्रमोद पटेल बताए ।