जनकपुर | जनकपुरधाम उपमहानगरपालिका १ भानु चोकमा रहेको धनुषा होटलमा आगलगी भएको छ । आगलगीका कारण लाखौंको क्षति भएको हो ।
आज राति करिब ८ बजे आगलगी सुरु भएको थियो । आगलगीको कारण भने खुल्न सकेका छैन । जनकपुरधाम उपमहानगरको दमकल समयमै आइपुगेका कारण आगलगीबाट ठूलो क्षति हुन सकेन ।
आगलगीबाट लाखौं क्षति भएको भनिएपनि यकिन विवरण आउन सकेका छैन । आगलगी नियन्त्रणमा लिन स्थानीय यूवाहरुले भुमिका खेलेका छन् ।