अफगानिस्तान | अफगानिस्तानको कुन्दुज प्रान्तको उत्तरपूर्वी क्षेत्रमा रहेको एक शिया मस्जिदमा भएको आत्मघाती हमलामा ५० जनाको मृत्यु भएको छ भने १४० भन्दा बढी घाइते भएका छन् ।
एसोसिएटेड प्रेसले भने तालिबानका एक प्रहरी अधिकारीलाई उदृत गर्दै सो हमलामा करिब एक सय जना मारिएको उल्लेख गरेको छ ।अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि भएको यो सबैभन्दा ठूलो हमला हो । शिया समुदायको शैय्यद अबद मस्जिदभित्र स्थानीय समयअनुसार १ः४० बजे शक्तिशाली विस्फोट भएको हो ।
शुक्रबारको नमाज पढ्न मानिसहरु भेला भएका बेला विस्फोट भएको हो । यो घटनाको कसैले जिम्मेवारी लिएको छैन । तर इस्लामिक स्टेट समेत सुन्नी मुस्लिम कट्टरपन्थी समूहले शिया समुदायलाई निशाना बनाउँदै आएको छ ।