वीरगन्ज । वीरगन्जको टाउन हलमा आयोजना गरिएको
“डिजे दान्डिया नाइग्ट” कार्यक्रममा प्रहरिले लाठी चार्ज गरेको छ । इमप्रुभिङ्ग वीरगन्ज( Improving birgunj) ले आयोजना गरेको “डिजे दान्डिया नाइग्ट” कार्यक्रममा प्रहरिले करिब राती १० बजेको समयमा लाठी चार्ज गरेको छ ।
दर्जनौं उपस्थित ब्याक्तीहरुको साथ आयोजक समिति र साना बालबालिकाहरु पनि प्रहरिको हिरासतमा छ्न । महिला पुरुष अभिभावक र विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरु हिरासतमा रहेको प्रहरिले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय विर्ताको टोलिले दुई पटक वार्निग दिदा समेत कार्यक्रम सन्चालन गरेको भन्दै लाठीचार्ज गरिएको प्रहरिले जनाएको छ।