अफगानिस्ता | अफगानिस्तानमा विद्रोहमार्फत सत्ता हत्याएको तालिबानले इस्लामिक स्टेटका किल्लाहरूमा हमला बढाएको छ । आइतबार इदगाह मस्जिदमा भएको हमलामा पाँच नागरिकको मृत्यु भएपछि तालिबानले त्यसको प्रतिरोधस्वरुप बिहीबार हमला गरेको हो ।
इस्लामिक स्टेट समूहले तालिबानले सत्ता कब्जा गरेपछि हमला तीव्र बनाउँदै लगेको छ । आइतबार तालिबानका प्रवक्ता जबिउल्लाह मुहाजिदको आमाको स्मरणमा मस्जिदमा प्रार्थना सभा चलिरहँदा हमइएस लडाकुले हमला गर्दा पाँचजना मारिएका थिए।
यसअघि २६ अगस्टमा काबुल विमानस्थलमा भएको आक्रमणको पनि इस्लामिक स्टेट समूहले जिम्मा लिएको थियो। सो हमलामा झण्डै दुई सयजना मारिएका थिए । मारिनेमा १३ अमेरिकी सैनिक थिए ।