गरुडा । कुमार चन्दन ।रौतहटको गरुडामा शुभकामना आदानप्रदान तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्काउट तदर्थ समिति गरुडाको आयोजनामा बडा दशैं, शुभ दिपावली तथा छठपर्वको शुभकामना आदानप्रदान तथा कोभिड-१९ कोरोना भाइरस सम्बन्धित जनचेतनामूलक कार्यक्रम श्री नमुना मावि गरुडाको हलमा सम्पन्न भएको छ । कार्यक्रममा सम्बोधन गर्दै जसपाको युवा नेता अनिल यादवले दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरुको उद्धार तथा सहयता कार्य, बालबालिका तथा युवा वर्गलाई सामुदायिक सेवा तथा जनहित सम्बन्धी कार्य गर्नका लागि गरुडा नगरपालिकामा गठन भएको नेपाल स्काउट तदर्थ समिति सराहनीय रहेको बताउनु भयो । यस संस्थालाई अगाडी बढाउन आफुबाट हुनसक्ने सम्भव साथ सहयोग गर्न सदैव तयार रहेको बताए ।
शिक्षा, स्वास्थ्य, बिकासको क्षेत्र लगायत बालबालिका, युवा, गरिब तथा दलित वर्गहरुलाई एकसाथ लिएर अगाडी बढनमा कहिल्यै पछी नपर्ने बताए । यस्तै कोरोना कतै गएको छैन, कोरोनाको कहर कायम नै रहेकोले सरकारले जारी गरेको मापदण्ड पूरा गरी आवश्यक सतर्कता अपनाएर चाडपर्व मनाउन आग्रह गर्नुभयो । साथै गरुडा नगरपालिकाको अहिलेको राजनीतिक परिवेशको साथसाथै छठौँ नगर सभालाई भंग गर्न लागेकाहरुलाई समय आएपछि कडा भन्दा कडा जवाफ दिन तयार रहेको कुरा यादवले आफ्नो मन्तव्यमा थप गर्नुभएको थियो ।
कार्यक्रममा इप्रका गरुडाको प्रहरी निरीक्षक रामराजा केसरी, श्री नमुना मावि गरुडाको प्र.अ प्रभु राउत पटेल, साहित्यकार तथा बज्जिका अभियन्ता संजय साह मित्र, नेपाल स्काउट राजदेवी नपाको संयोजक राहुल सिंह, नेपाल स्काउट चन्द्रपुर नपाको संयोजक सर्मिला नेपाल लगायतले आ-आफ्ना मन्तव्य राख्नु भएको थियो ।
बिबेक कुमार रौनियारको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि जसपाको युवा नेता तथा समाजसेवी अनिल यादव, विशिष्ट अतिथि इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी निरीक्षक रामराजा केसरी, मध्य रौतहट बहुमुखी क्याम्पस गरुडाको क्याम्पस प्रमुख प्रेमलाल साह, श्री नमुना मावि गरुडाको प्रधानाध्यापक प्रभु राउत पटेल, साहित्यकार तथा बज्जिका अभियन्ता संजय साह मित्र, मध्य रौतहट बहुमुखी क्याम्पस गरुडाको उप-प्रध्यापक अनिल निधि, कान्तिपुर टेलिभिजनको रौतहट रिपोर्टर राजेश्वर पाण्डेय, गरुडा नपाको रोजगार संयोजक चुनचुन यादव, अतिथि शिक्षक उपेन्द्र चौधरी, रामएकवाल पंडित, सियाराम साह, शिवेन्द्र साह, प्रकाशचन्द्र झा, शिवशंकर झा, सुनिल, वर्तमानकाल दैनिक पत्रिकाको प्रतिनिधि सुरजनारायण झा, युवा नेता रामसिंहासन यादव, संजय यादव, नविन यादव, किशुनदयाल यादव, नेपाल स्काउट तदर्थ समिति गरुडाको सदस्यहरु उमेश मण्डल, बैजु पटेल, आनन्द कर्ण, चन्दन कुमार पटेल, रोहित शाह, सचिन साह, बिकी ठाकुर लगायत सयकडौ विद्यार्थी छात्रछात्राहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा शिक्षक शिवशंकर झा स्वागत मन्तव्यले सम्पुर्णलाई स्वागत गर्नुभएको थियो भने कुमार चन्दनले कार्यक्रम संचालन गर्नुभएको थियो ।