बारा । बाल्टीमा राखिएको पानीमा डुबेर बाराको कलैयामा दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
कलैया उपमहानगरपालिका–२० बसतपुर टोल निवासी मैनोदिन मियाँकी दुई वर्षीया छोरी आयशा खातुनको बाल्टीमा डुबेर मृत्यु भएको हो । बाल्टीको पानीमा डुबेको अवस्थामा आमाले देखेर उद्धार गरेकी थिइन् ।
बालिकालाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए । मृत बालिकाको शव पोष्टमार्टमका लागि कलैया अस्पतालमा राखिएको उनले बताए ।