• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:मंगलबार ०७ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अपांगता भएकाहरूको यथार्थ गणना गर्न माग

  • वीरगंज संजाल
  • १९ आश्विन २०७८, मंगलवार १०:१७
  • २८२९

    काठमाडौँ | राष्ट्रिय जनगणनामा अपांगता भएका व्यक्तिहरूको गणना सुनिश्चित गर्न सरोकारवालाले माग गरेका छन् । पर्याप्त तथ्यांकको अभावले अपांगता भएका व्यक्तिको पक्षमा प्रभावकारी योजना, नीति तथा कार्यक्रम बन्न नसकिरहेको र उनीहरू राज्यबाट पाउने सेवासुविधा र अवसरबाट वञ्चित भइरहेको उनीहरुको भनाइ छ ।राष्ट्रिय जनगणनामा अपांगता भएका व्यक्तिहरूको गणना सुनिश्चित गर्न मागसहित सोमबार आयोजित कार्यक्रमका सहभागी ।‘जनगणना केवल संख्या मात्रै होइन, अपांगता भएका व्यक्तिको पहिचान र राज्यबाट पाउने सेवासुविधा, नीति र योजना निर्माणमा ठूलो महत्त्व राख्छ,’ राष्ट्रिय अपांग महासंघकी उपाध्यक्ष रमा ढकालले भनिन् । अपांगता भएका व्यक्ति र परिवार सामाजिक तिरस्कार खेप्नुपर्ने डरले यथार्थ परिचय दिन हिच्किचाउँछन् । यसले गर्दा अघिल्ला जनगणनामा वास्तविक तथ्यांक नआएको, वर्षौंसम्म अधिकारका लागि लडिरहँदा थोरै जनसंख्या देखिएकैले राज्यको मूल प्रवाहीकरणमा पर्न नसकेको अपांगता भएका व्यक्तिका अगुवाहरुको दाबी छ

    २०६८ सालको जनगणना अनुसार अपाङ्गता भएका व्यक्तिहरुको जनसंख्या ५ लाख १३ हजार ३ सय २९ छ । जुन कुल जनसंख्याको १.९४ प्रतिशत मात्रै हुन आउँछ । यो तथ्यांक विश्व स्वास्थ्य संगठनले अनुमान गरेको विश्वभरिको जनसंख्याको १५ प्रतिशतभन्दा निकै कम देखिन्छ । विश्व बैंकका अनुसार विश्वका अति गरिब मानिसहरूमा २० प्रतिशत अपांगता भएका व्यक्तिहरू छन् । विश्वबैंक र विश्व स्वास्थ्य संगठनको दाबीलाई आधार मान्दा नेपालमा अपांगता भएका व्यक्तिहरूको संख्या ३० लाखको हाराहारीमा हुनुपर्छ ।

    कात्तिक २५ देखि मंसिर ९ सम्म हुने जनगणनामा अपांगता भएका व्यक्ति, उनका परिवार तथा संघ–संस्था, सरोकारवाला, सञ्चारमाध्यम, राजनैतिक दल, नागरिक समाज, निजी क्षेत्र सबैले गणना सुनिश्चित गर्नुपर्ने बौद्धिक अपांगता अभिभावक महासंघ नेपालका अध्यक्ष राजु बस्नेतले बताए । ‘यदि परिवारले वास्तविक विवरण दिन चाहिरहेको छैन भने ‘कन्भिन्स’ गराएर गणना लिन सरकारले हरेक गणकलाई तालिम दिनुपर्छ,’ उनले भने ।बौद्धिक अपांगताको सवालमा परिवारले नै लुकाउने, खुलाउन नचाहने हुन्छन् । यसले गर्दा बौद्धिक अपांगता भएका व्यक्तिहरू शिक्षा, स्वास्थ्य–सुविधाको पहुँच पाउँदैनन् । यसले उनीहरूको सर्वांगीण विकासमा बाधा पुग्ने गर्छ । २०६८ सालको जनगणना अनुसार उनीहरूको कुल जनसंख्या १४ हजार ८ सय ८८ मात्रै छ ।

    अघिल्ला जनगणनामा भएका कमीकमजोरीको सिकाइले यसपल्ट संवेदनशील बनाएको केन्द्रीय तथ्यांक विभागका सूचना अधिकारी तीर्थराज चौलागाईं बताउँछन् । ‘अपांगताको जेजस्तो अवस्था हो यकिन तथ्यांक ल्याउन हामी सकारात्मक छौं,’ उनले भने, ‘सरकारले तथ्यांककै आधारमा नीति बनाउने हो, अपांगमैत्री संरचनाको आवश्यकता कति छ, कसरी व्यवस्थापन पहिचान गर्नेजस्ता कुरामा हामी संवेदनशील छौं ।’ उनले सुस्त श्रवण र न्यून दृष्टिसहित १२ वटा समूह छुट्टयाएर अपांगता भएका व्यक्तिहरूको गणना गर्न लागिएको जानकारी गराए । अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४ अनुसार अपांगतालाई शारीरिक अपांगता, बहिरा, दृष्टिविहीन, बहिरोपन, स्वर/बोलाइसम्बन्धी अपांगता, मनोसामाजिक अपांगता, बौद्धिक अपांगता, अटिजम, हेमोफोलिया, बहुअपांगता गरेर १० प्रकृतिमा बाँडिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑