एजेन्सी । अलिबाबाका संस्थापन ज्याक माले आफ्नो समूहले दैनिक करिब ३० करोड साइबर आक्रमणको सामना गरिरहेको बताएका छन् । सिंगापुरमा हालै भएको फोर्ब्स ग्लोबल सिइओ अन्फ्रेन्समा बोल्दै उनले यस्तो बताएका छन् ।
यति धेरै आक्रमण भए पनि आफ्ना ग्राहकलाई भने कुनै नोक्सानी हुन नदिएको उनले बताए । अलिबाबाको पेमेन्ट कम्पनी ‘अली पे’लाई साइबर आक्रमणकारीले कुनै क्षति पुर्याउन नसकेको उनले बताए ।
अहिले अलि पेका करिब एक अरब प्रयोगकर्ता भएको उल्लेख गर्दै उनले यसमार्फत दैनिक करिब ५० अरब डलरको कारोबार हुने जानकारी दिए । साइबर आक्रमण भइरहे पनि त्यसलाई रोक्ने कार्यमा अलिबाबाको इन्टेलिजेन्सको उच्च क्षमताका कारण सफलता मिलेको बताए ।