बिरगंज । बिरगंजको छुट्टाछुटै ठाउमा भएको रक्तदान कार्यक्रममा १०३ जनाले रक्तदान गरेको रक्त सन्चार केन्द्र बिरगंजका प्रमुख सौरब राज पान्डेले जानकारी दिनु भएको थियो ।पर्साको पोखरिया नगरपालिका जगतपुरमा टैरीमाई युवा क्लबको आयोजना भएको रक्तदान कार्यक्रममा २ महिला सहित २२ जनाले रक्तदान गरेका थिए भने बिरगंज स्थित रानिघाट -९ मा दुर्गा पुजा सेवा समितिको आयोजनामा १६ औं पटक खुल्ला रक्तदान कार्यक्रममा ७ महिला सहित ८१ जनाले रक्तदान गरेका थिए ।
रक्तदान गर्नेमा अनु श्रीवास्तव , सुमन श्रीवास्तव , ग्रिस्म शाक्य , सज्जन सिंह राजपुत , प्रबिण कुमार कर्ण , दिपेश कुमार कर्ण, गान्धी पटवारी , प्रज्वल कुमार कर्ण, पप्पु कुमार कर्ण, सज्जन चौधरी , सोनु कुमार गुप्ता , श्याम कुमार गुप्ता , अजय रौनियार , प्रदीप चौधरी , सचिन कुमार , मन्जित गुप्ता , राहुल गुप्ता लगायतले रक्तदान गरेका थिए ।
दुर्गा पुजा सेवा समिति रानिघाटका अध्यक्ष सतिश सिंह राजपुतको अध्यक्षतामा र श्याम सुन्दर प्रसाद रौनियारको प्रमुख आतिथ्य भएको सो कार्यक्रममा गोपाल प्रसाद रौनियार , दिनानाथ प्रसाद रौनियार , प्रदिप प्रसाद कुशवाह र समितीका पदाधिकारीहरु, समाजसेवी , बुद्धिजिबिहरुको सहभागिता रहेको थियो ।