बिरगंज । प्रोस्टेट सम्बन्धि निसुल्क स्वास्थ्य परिक्षण शिबिर बिरगंजमा सम्पन्न भयो। यहि असोज १५ र १६ गते शुक्रबार , शनिबार दुई दिन सम्म प्रोस्टेटका ६१ जनाको निसुल्क परिक्षण गरेको थियो ।शुक्रबार र सनिबारको दिन प्राेस्टेट फ़ाउंडेशन नेपाल, श्री भवानी हॉस्पिटल, बिरगंज महानगरपालिका , लायन्स र लियो क्लब अफ बिरगंजको संयुक्त आयोजनामा श्री भवानी हॉस्पिटल बिरगंजमा काठमाडौंबाट आउनु भएको कन्सलटेन्ट युरोलोजिस्ट डा. दिपक रौनियारले किड्नी , प्राेस्टेट र पिशाब सम्बन्धी समस्या हुनेहरुको निशुल्क उपचार गरेका थिए ।
डा. दीपक रौनियर एमडि , एमएस ( युरोलोजिस्ट) प्राेस्टेट फाउन्डेसनको सदस्यको अनुसार नेपालमा प्राेस्टेटको समस्या पनी जटिल भई सकेकोले बेलैमा ध्यान दिनु पर्ने बताए ।प्रोस्टेटको समस्याको पहिचान गरि यसलाई बेलैमा आफैले उपचार गर्न सक्ने बताए ।पानी कम खाने , पिसाब छिन छिनमा लाग्ने , लागे जस्तो हुने , पुरै पिसाब नभैइ आधा मात्र हुने , पिसाब पोल्ने, गन्हाउने , अन्डकोष दुख्ने , पिसाब चुहिने जस्ता २१ लक्षण मध्य कुनै पनि मिल्न गए , त्यो प्रोस्टेट भएको आफैले बुझ्नु पर्ने समेत डा. रौनियारले बताए ।
निसुल्क स्वास्थ्य परिक्षण शिबिरको आज समापन कार्यक्रमको सभापतित्व श्री भवानी हॉस्पिटलका प्रबन्धक श्री राम श्रेस्ठ तथा लायन्स क्लब अफ बिरगंजका अध्यक्ष लायन छेडुप लामाको प्रमुख आथितत्त्वमा र विशेष अतिथि डा. दिपक रौनियार, उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर अध्यक्ष अजित कुमार भूजेल , डा. नेजामुदिन , डा. तेजनाथ तिवारी, हिम्मत सिंह लेकालि, प्रकाश थापा, नागर स्वस्थ प्रमुख अरुण सिंह लगायत लायन्स र लियोको स्वयम् सेवकको उपस्थिति रहेको थियो ।
त्यसैगरि श्री भवानी हॉस्पिटल र लायन्स क्लब अफ बिरगंजले संयुक्त रूपमा प्रोस्टेट फाउन्डेसन नेपाल र डा. दिपक रौनियारलाई मायाको चीनो प्रदान गरेको थियो। अन्तमा कार्यक्रमको सभापति राम श्रेस्ठले सबैलाई धन्यबाद ज्ञापन गरी कार्यक्रम सम्पन्न गर्नु भयो । स्वागत मन्तव्य लायन बलराम श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको सजीकरण लायन्स क्लब अफ बिरगंजको सचिव पप्पू श्रीवास्तवले गरेका थिए ।