• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    उपमहासचिव हटाउने प्रस्तावको विपक्षमा एमाले विधान महाधिवेशनका प्रतिनिधि, एमसीसीबारे पार्टीको धारणा माग

  • वीरगंज संजाल
  • १६ आश्विन २०७८, शनिबार २३:०९
  • २९८१

    वीरगंज | नेकपा (एमाले)को विधान महाधिवेशनका प्रतिनिधिहरुले उपमहासचिव पद हटाउन नहुने मत अघि सारेका छन्। ललितपुरको गोदावरीमा शुक्रवारदेखि शुरु भएको पहिलो विधान महाधिवेशनको दोस्रो दिन आज पाँचवटा समूहले आफ्नो छलफलको निष्कर्ष सुनाएका थिए।उपमहासचिव विष्णु पौडेलले विधान संशोधनको प्रस्तावमा उपमहासचिव हटाउनुपर्ने प्रस्ताव गरेकोमा त्यसको विपक्षमा अधिकांश प्रतिनिधिहरु उभिएका हुन्। पौडेलले शुक्रवार प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, सचिव ६ जना गरी २२५ जनाको केन्द्रीय कमिटी निर्वाचित हुने व्यवस्था प्रस्ताव गरिएको थियो।पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले शनिवारको बैठकमा मिश्रित विचारहरु आएको बताए। उनले छलफलमा धेरैजसोले उपमहासचिव पद हटाउन नहुने धारणा राखेको जानकारी दिए।‘कसैले घटाउनुपर्छ भनेका छन्। कसैले प्रतिनिधिको संख्या बढाउनुपर्छ भनेका छन्’, उनले भने।शुक्रवार १० वटै समूहको समूहगत छलफल सकिएको छ भने समूह नेताहरुले आफ्नो निष्कर्ष सुनाउन शुरु गरेका छन्। ५ समूहले आफ्नो निष्कर्ष सुनाएको तामाङले बताए। कर्णाली, वाग्मती, प्रदेश नम्बर १, सुदूरपश्चिम र केन्द्रीय निकाय तथा परिषद्ले आफ्नो समूहको धारणा सुनाएका थिए।कर्णाली प्रदेशका तर्फबाट गोरख बोगटीले प्रत्येक जिल्लाबाट एक जना केन्द्रीय सदस्य हुनुपर्ने माग गरे। उनले उपमहासचिव पद खारेज गर्न नहुने धारणा राखेका थिए।केन्द्रीय निकायका तर्फबाट भानुभक्त ढकालले अमेरिकी सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे पार्टीको प्रष्ट धारण आउनुपर्ने बताए। एमालेले सरकारमा रहेकाबेला एमसीसी अघि बढाउन खोजे पनि सभामुख अग्निप्रसाद सापोकटाले रोकेको आरोप लगाएको थियो।

    तर, ओली सरकारबाट बाहिरिएपछि एमालेले पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न हतार गर्न नहुने भन्दै धारण सार्वजनिक गरेको छैन। सरकारले संसद्मा अघि बढाए विपक्षी दलका तर्फबाट आफ्नो धारण आउने एमालेका नेताहरुले बताइरहेका छन्। एमालेभित्र पनि एमसीसीको विषयलाई लिएर एक मत छैन।सुदूरपश्चिम प्रदेशबाट कर्ण थापाले सात उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवको व्यवस्था गर्न सुझाए। वाग्मती प्रदेशबाट आनन्द पोखरेलले वरिष्ठ उपाध्यक्षको व्यवस्था हुनुपर्ने बताएका थिए। यस्तै, उनले सात उपाध्यक्ष, दुई उपमहासचिव र सात सचिव बनाउनुपर्ने प्रस्ताव गरे। आजको बैठकमा अनुसान, लेखा र सल्लाहकार परिषद्ले पनि प्रतिवेदन प्रस्तुत गरेका थिए।एमालेको विधान महाधिवेशनमा प्रतिनिधिसभा विघटनका बारेमा फरक/फरक धारणाहरु आएका छन्। एमालेमा फरक विचार राख्ने तत्कालीन वरिष्ठ नेता माधव कुमार नेपाल समूहमा रहेका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले पुस ५ र जेठ ७ मा गरेको प्रतिनिधिसभा विघटन गलत भएको धारणा राखिरहेको भएपनि ओली निकट नेताहरुले भने प्रष्ट रुपमा विधानमै तत्कालीन वरिष्ठ नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण संसद् विघटन र पार्टी विभाजन भएको उल्लेख गर्नुपर्ने बताएका छन्।

    ओली निकट नेताहरुका तर्फबाट सुदूरपश्चिममा पार्टी अध्यक्ष रहेका कर्ण थापाले प्रचण्ड र नेपालका कारण विभाजन र फुट भएको उल्लेख गर्नुपर्ने बताएका थिए। महाधिवेशनको उद्घाटन शत्रमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र तत्कालीन वरिष्ठ नेता नेपालका कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएको बताएका थिए।राजनीतिक प्रतिवेदनमा उनले एमालेलाई आउने चुनावमा पहिलो पार्टी बनाउने रणनीति रहेको उल्लेख गरेका थिए। उनले नेकपा (एमाले) तत्कालीन नेकपाको निरन्तरता भएको बताउँदै पार्टीलाई एकताबद्ध बनाइने बताएका थिए। ६ हजार भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको एमालेको विधान महाधिवेशनले राजनीतिक प्रतिवेदन, सांगठनिक प्रस्ताव र विधान संशोधनको प्रस्तावलाई पारित गर्ने छ।शुक्रवार शुरु भएको विधान महाधिवेशन भोलि आइतवार सकिने कार्यसूचि छ। भोलिको बैठकमा समूहगत रुपमा उठेका छलफलका विषयमा अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिनेछन्।एमालेले आउने मंसिरमा हुने महाधिवेशनका लागि विधि तय गर्न पार्टी इतिहासमा पहिलो पटक विधान महाधिवेशनको आयोजना गरेको हो। जनताको बहुदलीय जनवाद (जबज)का आधारमा समाजवादको आधार तयार पार्नुपर्ने एमालेको कार्यदिशा छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
  • इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण
  • बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्
  • मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    तोलामा २५०० ले घट्यो सुन मूल्य

    म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण

    पटेर्वा सुगौलीको मुख्य प्राथमिकतामा कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन : उपाध्यक्ष महत्तो

    वर्षामा वीरगन्ज शहरलाई डुबाउनबाट जोगाउन रातका समयमा पनि नाला सफाई

    करिब डेढ अर्ब भ्रष्टाचार मुद्दामा मुछिएका बागमति नगरपालिकाका मेयर थापा ५० लाख धरौटीमा रिहा

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    तोलामा २५०० ले घट्यो सुन मूल्य

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    News

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    News

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    News

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    News

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑