धनुषा। धनुषाको नगराइन नगरपालिका २ स्थित सिमा इलाकाबाट सशस्त्र प्रहरीले गाँजा बरामद गरेको छ । गाँजा बोकेका व्यक्ति भने भारततर्फ भागेपछि पक्राउ पर्न सकेनन् ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट नगराइनबाट प्रहरी नायब निरीक्षक संजय प्रसाद बरालको कमान्डमा खटिएको टोलीले ३ किलो ४२० ग्राम गाँजा बरामद गरेको छ । गाँजा आवश्यक कारबाहीका लागि सिमा प्रहरी चौकी लग्मालाई बुझाएको छ ।
गाँजा भालेर फरार भएका व्यक्तिबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बिगतमा नगराइन इलाकामा लागूऔषध प्रयोगकर्ता अधिक भएपनि हाल आएर निकै घटेको सशस्त्र प्रहरीको दावी छ ।