वीरगञ्ज । वीरगञ्ज कलेजले शैक्षिकसत्र २०७८ माभर्ना भएका विद्यार्थीहरुलाई पर्सनल डायनामिक शीर्षकमा ३ दिने तालिम शुरु गरेको छ ।तालिमको प्रमुख अतिथि प्रदेश २ सरकार काउर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले उदघाटन गर्नुभएको हो ।
वीरगन्ज कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज महानगरपालिकाका शैक्षिक प्रशासन महा शाखा प्रमुख अरविन्दलाल कर्ण, पर्साका प्रहरी नायवउपरीक्षक ओमप्रकाश खनाल, क्याम्पस प्रमुखविनोद गुप्ता, कोअर्डिनेटर प्रेम प्रसादजयसवाल, रुदल ठाकुर लगायत शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
वीरगन्ज कलेज त्रिभुवनविश्व विद्यालयबाट सम्बन्धन प्राप्त उपत्यका बाहिर कक्षा ११ मा पत्रकारिता र ल संकायमा अध्यापन गराउने पहिलो क्याम्पस हो ।