वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को वीरगञ्ज महानगर भेला शनिबार सम्पन्न भएको छ । रोयल पार्टी प्यालेसमा भएको भेलाको उद्घाटन पार्टीका केन्द्रिय सचिव नागेन्द्र चौधरीले गरेका थिए ।नगर भेलालाई सम्बोधन गर्दै सचिव चौधरीले दलाल पुंजिवादको पक्षमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लागेपछि पार्टी भित्र बिद्रोह गर्नु परेको वताए । उनले कम्युनिष्ट पार्टी र जनताको मुख्य सत्रुको पक्षमा नै केपी ओली नेतृत्वको पार्टी लागेपछि बिद्रोह गरेर नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बनाउनु परेको वताए ।
पोलिट ब्युरो सदस्य रामचन्द्र साहले पार्टीमा युवाहरुको आवश्यकता रहेको र पार्टीको निती पनि सोही अनुसार रहेकोले पार्टीमा युवाहरुलाई लाग्न आग्रह गरे । उनले पार्टीमा युवाहरुलाई ४० प्रतिशत स्थान दिने पार्टीको निती रहेको वताए ।पार्टीको पर्सा जिल्ला इन्चार्ज समेत रहेका साहले लामो समयपछि पार्टीको बहुमतको सरकार केपी ओलीको नेतृत्वमा बनेपनि उनले सरकारको नेतृत्व गरेको ३ बर्ष सम्म पार्टीको कुरा नसुनेका कारण विद्रोह गर्नु परेको वताए ।
पार्टीका वीरगञ्ज महानगर अध्यक्ष मनोज चौधरीको अध्यक्षतामा भएको भेलामा जिल्ला अध्यक्ष बाल गोपाल थापा, प्रदेश कमिटी सदस्य सुरेन्द्र यादव, किशोरी कुशवाहा, जिल्ला सचिवालय सदस्य सुबादार यादव, शान्ति महर्जन, युवा विभागका जिल्ला इन्चार्ज अनिल पटेल लागायतकाले शुभकामना मन्तव्य राखेका थिए ।
भेलाको मनोज चौधरीको अध्यक्षतामा १५१ सदस्यीय महानगर समिति गठन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा मंजुर आलम र सचिव बृजलाल पासवान चयन भएका छन् ।