वीरगन्ज | इजरायली सेना र प्यालेस्टाइनीबीच भीषण लडाइँ भएको छ । बीबीसीका अनुसार वेष्ट बैंकमा इजरायली सेनाले गरेको कारबाहीमा ४ जना प्यालेस्टाइनी मारिएका छन् । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले वेष्ट बैंकको जेनिन र यरुसेलममा ती चारजना प्यालेस्टाइनी मारिएको जनाएको छ ।
बीबीसीका अनुसार स्थानीय सञ्चार माध्यमहरुले जेनिन सहरमा दुबै पक्षबीच भिडन्त जारी छ । इजरायली प्रधानमन्त्री नेफ्टाली बेनेटले हमासविरुद्ध इजरायली सेनाले अभियान चलाएको बताएका छन् ।
तर, इजरायली पक्षले हताहतीबारे भने केही उल्लेख गरेको छैन । गाजाको सत्तामा रहेको हमासले वेष्ट बैंकमा पनि प्यालेस्टाइनी प्राधिकरणविरुद्ध अभियान चलाएपछि इजरायली सेनाले अभियान चलाएको जनाइएको छ ।