वीरगन्ज | रौतहटको ईशनाथ नगरपालिका–२ औरेया स्थित मिठुअवा टोलबाट प्रहरीले हुन्डी कारोबारको रकम सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईशनाथ नगरपालिका–३ औरैया घर भएका २९ वर्षीय निरज कुमार साह र उनका बुवा ७० वर्षीय रामचन्द्र राउत छन् ।
नेपालबाट भारत तर्फ जाँदै गरेको अवस्थामा उनीहरुको साथबाट ४ लाख ५१ हजार नेपाली रुपैयाँ र भारतीय १ हजार ८ सय ८६ रुपैयाँ बरामद गरिएको रौतहटका एसपी बिनोद घिमिरेले रातोपाटीलाई बताए । भारतिय नम्बर प्लेट बिआर–३० वाइ ७२२२ नम्बरको मोटरसाइकलमा सवार उनिहरुलाई प्रहरी चौकी औरैयाबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरुबारे जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान गरिरहेको छ ।