• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको अन्तिम सुनुवाइ आजदेखि सुरु

  • वीरगंज संजाल
  • १० आश्विन २०७८, आईतवार १३:३७
  • २९८९

    वीरगन्ज | ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लाबारी नगरपालिका– ७ का युवा सनम शाक्य हत्या आरोप मुद्दाको अन्तिम सुनुवाइ आज आइतबारदेखि सुरु भएको छ। तस्करी मार्ग भएर अवैध रूपमा नेपाल भित्रिएको साढे ३३ केजी सुन खोज्ने क्रममा १८ फागुन ०७४ मा सनम शाक्यको हत्या भएपछि मोरङ प्रहरीले अनुसन्धान गरी पहिलोपटक १९ वैशाख ०७५ मा त्यसपछि थप तीनपटक मोरङ जिल्ला अदालतमा जम्मा ७७ जनाविरुद्ध दर्ता गराएको मुद्दाको आइतबारदेखि अन्तिम सुनुवाइ सुरु भएको हो। सरकारी वकिलको कार्यालय मोरङका अनुसार देशकै चर्चित उक्त संगठित सुन तस्करी र मानव अपहरण तथा शरीर बन्धक र हत्या आरोपको मुद्दाको अन्तिम सुनुवाइमा सरकारको तर्फबाट सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ता मनीषबाबु पोखरेल र तेजबहादुर सिँजाली मगरलगायतले अन्तिम बहस गर्दै छन्। नेपाल सरकार वादी रहेको उक्त मुद्दामा सरकारी वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका अलग–अलग कानुन व्यवसायीले बहस गर्नेछन्।

    मोरङ प्रहरीले सुरुमा मुख्य योजनाकार गोरे भन्ने चूडामणि उप्रेतीसहित पहिलोपटक ६३ जना, दोस्रोपटक र त्यसपछि थप तीनपटक गरेर जम्मा ७७ जनाविरुद्ध संगठित सुनतस्करी र सनम शाक्य हत्या आरोपमा मुद्दा दर्ता गराएको थियो। हालसम्म जम्मा आरोपीमध्ये ५५ जना अदालतमा हाजिर भए पनि २२ जना अझै फरार छन्। तत्काल पुर्पक्षका लागि थुनामा पठाइएका अभियुक्तहरू पूर्व डिआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, सइ बालकृष्ण सञ्जेल सादा तारेखमा र रामकुमार तिवारी, प्रभात अग्रवाल, विमल पोद्दार,राजेन्द्रकुमार शाक्य, राजकुमार दारुका, मदनप्रसाद घिमिरे, शैयत अक्बर र इम्तियाजलगायत उच्च अदालतबाट धरौटीमा छाडिएका थिए। यसरी भएको थियो घटना
    ०७४ मंसिरमा थाई एयरलाइन्सबाट आएको साढे ३३ केजी सुन गायब भएको थियो। सोही सुन खोजी गर्ने क्रममा १८ फागुन ०७४ मा सुन तस्करीका नाइके चूडामणि उप्रेती (गोरे)का सहयोगी मोरङ उर्लाबारी नगरपालिका– ७ का युवा सनम शाक्यको हत्या भएको थियो। उनको शव १९ फागुनमा स्कार्पियो जिपभित्र विराटनगर– १ पोखरियामा फेला परेको थियो। घटनास्थलबाट तत्काल टेकराज मल्ल ठकुरी, मोहन काफ्ले र कृष्ण कार्की पक्राउ परेका थिए।

    उक्त हत्यापछि सरकारले उच्चस्तरीय छानबिन टोली गठन गरेर सुन तस्करीको छानबिन गरेको थियो। छानबिन समितिको प्रतिवेदनको आधारमा नेपाल प्रहरीले विभिन्न चरणमा सरकारी वकिलको कार्यालय मोरङमार्फत जिल्ला अदालत मोरङमा आपराधिक समूह स्थापना गरी सुन चोरी पैठारी निकासी गरी अवैध कारोबार गरेको र मानव अपहरण गरी हत्या गरेको आरोपमा ७७ जनाविरुद्ध अभियोग दर्ता गराएको थियो। सबै अभियुक्तहरूउपर २०१५ जुलाईदेखि २०१६ अगस्टसम्म संगठित आपराधिक सञ्जाल बनाएर १७ अर्ब १ करोड ८० लाख ७१ हजार चार सय ७३ रुपैयाँबराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्रामबराबर सुन तस्करी गरेको र सनम शाक्यको अपहरण गरी हत्या गरेको अभियोगको माग दाबी थियो। उक्त्त मुद्दामा पूर्वडिआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, सइ बालकृष्ण सञ्जेल, प्रहरी हवल्दार विष्णुबहादुर खड्का र अम्मरबहादुर खड्काविरुद्ध पनि आरोप लागेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑