• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    संयुक्त राष्ट्रसंघको महासभामा भारत-पाकिस्तान ‘टकराव’

  • वीरगंज संजाल
  • ९ आश्विन २०७८, शनिबार २३:०९
  • २१८५

    न्युयोर्क | संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा दक्षिण एसियामा दुई प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तानबीच ‘टकराव’ देखिएको छ। संयुक्त राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन गर्दै पाकिस्तानी प्रधानमन्त्री खानले प्रतिद्वन्‍द्वी भारतलाई लक्षित गर्दै ‘आतंकको शासनकाल’मा मुस्लिमहरु बसिरहेको आरोप लगाएका छन्।

    कोरोना महामारीका कारण भर्चुल माध्यमबाट आफ्नो सम्बोधन गरेका पाकिस्तानी प्रधानमन्त्री खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा मुस्लिम सफाया अभियान चलाएको आरोपसमेत लगाएका हुन्।

    प्रधानमन्त्री खानले अफगानिस्तानको पछिल्लो अवस्था, तालिबान सरकार, अमेरिकाको रबैया, भारत प्रशासित जम्मु-काश्‍मीर र इस्लामोफोबियालगायतका मुद्दाका विषमया आफ्नो धारणा राखेका हुन्। उनले भारतलाई निशाना बनाउँदै आफ्नो सम्बोधन गरेका हुन्।

    नेपाल समय
    उनले भारतले जम्‍मु काश्‍मीरमा अवैध कदम उठाएको आरोप लगाएका छन्। सन् २०१९ को अगस्त ५ मा भारतले जम्मु काश्मीरलाई दिएको विशेषाधिकारको धारा खारेज गर्दै केन्द्रको नियन्त्रणमा ल्याएको थियो। उक्त धारा खारेजका क्रममा जम्मु काश्‍मीरमा भारतीय सुरक्षा बलले मानवअधिकारको चरम उल्लंघन गरेको आरोपसमेत लगाएका हुन्।

    उनले भने, ‘भारतले जम्मु काश्मीर मुद्दामा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्‌को प्रस्तावको उल्लंघन गरेको छ। सुरक्षा परिषद्ले विवादित क्षेत्रको समाधान राष्ट्रसंघको निष्पक्ष निगरानीमा जनमत संग्रह हुने भनिएको छ। भातरले काश्‍मीरमा अन्तर्राष्ट्रिय मानवअधिकार नियमको पनि उल्लंघन गरेको छ। काश्‍मीरमा भएको मानवअधिकार उल्लंघनका घटनामा विश्‍वले पनि विभेद गरेको छ।’

    मानवअधिकारको मामिलामा भूराजनीतिक विचार, कर्पोरेट हित, वाणिज्यिक लाभका आधारमा अपराधलाई नदेखेजस्तो गरी दोहोरो मापदण्ड बनाइएको भन्दै अन्तर्राष्ट्रिय समुदायको पनि उनले आलोचना गरेका हुन्।

    नेपाल समय
    उनले संयुक्त राष्ट्रसंघले वैश्विक आतंकवादविरोधी रणनीति अपनाएको भए पनि मुसलमानलाई निशाना बनाएर दक्षिणपन्थी, जेनोफोबिक र हिंस्रक राष्ट्रवादी प्रवृतिलाई बढाएको आरोप लगाएका छन्। उनले इस्लामोफोबिकको मामिलामा भारतलाई निशाना बनाएका हुन्।

    उनले भने, ‘फाँसीवादी आरएसएस-भाजपा शासनको घृणाले भरिएको हिन्दुत्व विचारधाराले भारतका २० करोड मुस्लिम समुदायविरुद्ध हिंसाको माहोल तयार गरिएको छ।’

    भारतको जवाफ- पाकिस्तान आतंकवादको हतियार

    महासभामा राइट टु रिप्लाइ अन्तर्गत पाकिस्तानी प्रधानमन्त्रीले लगाएका आरोपको जवाफ दिँदै भारतले पाकिस्तानको कडा आलोचना गरेको छ। भारतले पाकिस्तान आतंकवादको समर्थन गर्ने राष्ट्र भएको बताएको छ। भारतले भन्‍यो, ‘विश्‍व समुदायलाई नै जानकारी छ कि पाकिस्तान आतंकवादीहरुको हतियार हो भन्‍ने कुरा।’

    राष्ट्रसंघको महासभामा भारतका प्रथम सचिव स्‍नेहा दुबेले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको अभिव्यक्तिप्रति कडा विरोध जनाएकी हुन्।

    उनले पाकिस्तानी प्रधानमन्त्रीले भातरको आन्तरिक मामिलालाई अन्तर्राष्ट्रिय मञ्‍चमा ल्याएर झुटो कुरा फैलाउँदै भारतको छवि बिगार्न खोजेको आरोप लगाएकी हुन्। भारतको छविमा छ्यापिएको हिलो पखाल्‍नका लागि आफूले राइट टु रिप्लाइको प्रयोग गरेको उनले बताएकी हुन्।

    राष्ट्रसंघको सुरक्षा परिषद्को प्रतिबन्धको सूचीमा रहेका अधिकांश आतंकवादीहरु पाकिस्तानको शरणमा रहेकोसमेत उनले दाबी गरेकी छन्। विश्‍वका प्रहरीको खोजीमा रहेका आतंकवादी ओसामा बिन लादेनलाई पनि पाकिस्तानले संरक्षण गर्दै शरण दिएको उनको आरोप छ। अहिले पनि पाकिस्तानले बिन लादेनलाई सहिद घोषणा गरेको उनले जानकारी गराइन्।

    उनले भनिन्, ‘पाकिस्तान आतंकवादीहरुको पालनपोषणा गर्छ। हामीले सुन्‍ने गरेका छौं कि पाकिस्तान आफैं आतंकवादको सिकार बनेको छ। पाकिस्तान एक यस्तो देश हो, जहाँ अग्‍नि नियन्त्रक बनेर आगो लगाउने देश हो। पाकिस्तानमा बहुलतावादको कुरा त कल्पना पनि गर्न सकिँदैन। पूरा जम्‍मु काश्म‍ीर र लद्दा भारतको हिस्सा हो र सधैं रहिरहने छ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑