वीरगन्ज | भारतमा पछिल्लो २४ घन्टामा थप २९ हजार ६१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ३५ लाख ९३ हजार ४१९ पुगेको छ । यसै गरी पछिल्लो २४ घन्टामा थप २९० संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ४६ हजार ६५८ पुगेको छ ।
यही अवधिमा २८ हजार ४६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म भारतमा तीन करोड २८ लाख ७६ हजार ३१९ जना संक्रमणमुक्त भइसकेका छन् । भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा रहेको छ । भारतमा हालसम्म ८४ करोड ८९ लाख २९ हजार १६० डोज भ्याक्सिन लगाइसकिएको छ।