• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पाकिस्तानमा ‘ईश्वर–निन्दा कानुन’को विरोध

  • वीरगंज संजाल
  • ९ आश्विन २०७८, शनिबार ०७:३९
  • ३१९३

    पाकिस्तान | पाकिस्तानमा ईश्वर निन्दा कानून उल्लंघनको अभियोगमा धेरैलाई मुद्दा चलाउन थालिएको भन्दै मानव अधिकारवादीहरुले चिन्ता व्यक्त गरेका छन्। पाकिस्तानी कानूनले त्यहाँ रहेका अल्पसंख्यकहरुलाई अप्ठेरो बनाएको भन्दै युरोपियन युनियन लगायत अन्तर्राष्ट्रिय समुदायले पनि चिन्ता व्यक्त गरेको छ।मानवअधिकावादी समूहहरुले तयार पारेका विभिन्न प्रतिबेदन अनुसार ईश्वर निन्दासँग सम्बन्धित कम्तिमा १६ सय वटा मुद्दा प्रहरीले दर्ता गरेको छ। हिन्दु, क्रिश्चियन, शिया मुस्लिम र अहमदिया मुस्लिमको विरुद्ध ईश्वर निन्दाको कानून लागू भएको अधिकारवादीहरुको आरोप छ। सुन्नि मुश्लिमको निन्दा गरेमा मुद्दा चल्ने कानून पाकिस्तानमा लागू गरिएको छ।

    बहाउद्दीन जकारिया विश्वविद्यालय, मुल्तानका पूर्व लेक्चरर जुनैद हफीजविरुद्ध ईश्वर निन्दाको अभियोग लगाइएको थियो। जबकि उनले यस्तो कार्य कहिल्यै नगरेको बताएका थिए। करिब १८ बर्ष जेलमा रहेर निर्दोश सावित भएका वजीह–उल–हसन हालै जेलमुक्त भएका छन्। उनलाई पनि ईश्वर निन्दाविरुद्धको कानून लगाइएको थियो। उनीमाथि ईश्वर निन्दा हुने गरि चिठी लेखेको आरोप लागेको थियो।

    ईश्वर निन्दा कानून उल्लंघन गर्नुलाई भगवानको अबहेलना गरेको अभियोग लगाइने गरिएको छ। यो कानूनको त्यहाँ चरमपन्थी समूहहरुले दुरुपयोग गर्दै आएको अधिकारवादीहरुको आरोप छ। ईश्वर निन्दासँग सम्बन्धित एक अन्तर्राष्ट्रिय सम्मेलनमा एशियाका निर्देशकका रुपमा कार्यरत ब्रायन एडम्सले भनेका छन्, ‘एउटा व्यक्तिलाई १८ वर्ष कैदको सजाय तोकिदिनु र १८ वर्षपछि निर्दोष सावित गराइनुले त्यहाँ न्यायको गर्भपात भएको स्पष्ट छ।’

    युरोपियन संसदका पूर्व सदस्य तथा दक्षिण एशिया डेमोक्रेटिक फोरमका कार्यकारी निर्देशक पाउलो कैसादाले भनेका छन्, ‘पाकिस्तानमा एकातिर ईश्वर निन्दाको कथित आरोपमा बेकारमा मानिसले सास्ती व्यहोर्नु परेको छ। अर्कातिर पीडितका पक्षमा मुद्दा लड्ने वकिलहरुले आफूमाथि आक्रमणको खतरा सधैँ जसो सामना गर्नुपरिरहेको छ।’ युरोपियन संसदको एउटा सत्रले पाकिस्तानको कठोर ईश्वर निन्दा कानूनप्रति चिन्ता व्यक्त गर्दै अल्पसंख्यक जनताको जीवन रक्षामा जोड दिएको थियो।

    युएस हाउस अफ रेप्रिजेन्टेटिभले पनि हालै एक प्रस्ताब पारित गरेको छ, जसमा पाकिस्तानलाई ईश्वर निन्दासम्बन्धी कानून खारेज गर्न आह्वान गरिएको छ।

    धार्मिक स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय संस्थाहरुको पछिल्लो प्रतिबेदनमा पाकिस्तानमा राजनीतिक दल तथा प्रमुख नेताहरुले राजनीतिक उद्देश्यका लागि चुनाबको दौरानमा धार्मिक अल्पसंख्यकहरुविरुद्ध असहिष्णुता बढाएको आरोप लगाइएको छ। ‘पाकिस्तान सरकार अल्पसंख्यक समूहहरुको रक्षाका लागि बिफल भएको छ।

    इमरान खान नेतृत्वको सरकारमाथि सुधारको अपेक्षा थियो, तर सरकारले धार्मिक स्वतन्त्रतालाई संकुचनमा राखेको छ’ इन्टरनेशनल फोरम फर राइट एण्ड सेक्युरिटीको रिपोर्टमा भनिएको छ। पाकिस्तानको मानवअधिकार आयोगको रिपोर्ट अनुसार पनि हरेक बर्ष कम्तिमा एक हजार अन्य धर्मावलम्बी युवा युवतीको इस्लाम धर्ममा धर्मान्तरण हुने गरेको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑