बालश्रम रोक्ने अभियानमा लाखौं खर्च : सदरमुकामकै सरकारी कार्यालयममा बालबालिका प्रयोग
वीरगंज संजाल
३ कार्तिक २०७६, आईतवार ०८:०६
४२८३
काठमाडौं । बालश्रमको अन्त्य गर्न कालिकोटका सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले बर्सेनि लाखौं रकम खर्च गरी सकाए पनि अझै बालश्रमको अन्त्य हुन सकेको छैन ।
स्थानीय तहले पनि बालश्रमको अन्त्य गर्न कुनै पनि कार्यविधि बनाउन नसक्दा अझै पनि जिल्लाका सरकारी कार्यालयको कामकाजमा दिनहुँ बालबालिका प्रयोग भइरहेका हुन् ।
जिल्लाको खाडाचक्र नगरपालिकावडा नं २ मान्म गाविसस्थित गैरा गाउँका ११ वर्षीय अलि दर्जी ६ कक्षा पढ्छन् तर उनी धेरै समय भारी बोकेरै बिताउँछन् ।
कलिला बालबालिका पढाइ छोडेर भारी बोक्न बाध्य छन् । गाहिर गाँउ र शान्नि त्रिवेणी गाँउपालिकास्थित रकु गाविसका प्रावि स्तरका बालबालिका भारी खोज्दै सदरमुकाम मान्म धाउने गरेका छन् ।
उनीहरू विद्यालयमा भन्दा भारी बोक्न नियमित हुने गरेको नागरिक समाजका सहसंयोजक रमेश नेपालीले बताउँछन् ।
अधिकांश दलित बालबालिकाले भारी बोक्ने गरेका हुन् । कहिले जितेबजारको छहरामा गाडी नआउँदै बालबालिका बस पार्कमा कुरेर बसेका हुन्छन् भने, कहिले सदरमुकाम मान्ममको बसपार्कमा गाडी रोक्ने बित्तिकै यात्रु, व्यापारी र आयोजनाका फलामे औजार, चामललगायतका खाध्यान्न पुर्याउने काम गर्छन् । उनीहरूले ज्याला बापत प्रतिकिलो सामानको १ रुपैयाँ पाउने गरेको बताए ।
गरिबीका कारण १५ वर्षभन्दा मुनिका कलिला बालबालिका विद्यालयमा भर्ना भएपनि पढाइभन्दा बढी भारी बोक्नका लागि हानथाप गर्दै घरबाट एक घन्टा टाढा जिते बजारमा पुग्ने गरेका हुन् ।
शनिबार र शुक्रबार बिहानैदेखि बेलुकासम्म र अरू दिनमा हाफ छुट्टी पछि भागेर सदरमुकाम र जिते बजार जाने गरेको जितेबवारका व्यापारि दि बहादुर शाहिले बताए ।