कलैया । बारामा करेन्ट लागेर एक जनाको
मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका ७ लक्ष्मी टोलका ३४ वर्षीय सर्पदीन अन्सारी रहेको प्रहरीले जनाएको छ ।
बिहीबार बिहान बनाउँदै गरेको घरमा मोटरबाट
पानी हाल्ने क्रममा उनलाई करेन्ट लागेको थियो
।
करेन्ट लागेर घाइते भएका अन्सारीलाई
उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमै
मृत्यु भएको इलाका प्रहरी कार्यालय जितपुरले
जनाएको छ ।