सर्लाह । सर्लाही स्थित ईलाका प्रहरी कार्यालय
मुर्तियाको टोलि गस्तीमा रहेको बेला ट्याक्टरमा
लोड गरेर अबैध काठको गोलिया प्रहरीले
हरिपुर नगरपालिका वडा नम्बर १ स्थित
सार्वजनिक सडक खण्ड बाट नियन्त्रणमा
लिएको छ ।
ना.१ त ७८०२ नम्बरको ट्याक्टरमा लोड
गरिएको ११ वटा ठुलो गोलिया ( अ ५५
क्युविक फिट) सालको काठ गस्तीमा रहेको
प्रहरीले बरामद गरेको छ ।अबैध सालको
काठको गोलिया सहित प्रहरीले २ जना काठ
तस्करलाई समेत पक्राउ गरेको छ ।
पक्राउ पर्ने सर्लाही जिल्लाको हरिपुर
नगरपालिका वडा नम्बर १ मा बस्ने ५० बर्षीय
जगदेव महतो र सोहि नगरपालिका वडा नम्बर
१ मा बस्ने ४० बर्षीय लाल बहादुर लोप्चन
रहेको छ | पक्राउ गरीएको काठ ट्याक्टर र
मानिशलाइ आवश्यक कारवाहीको लागि सब
डिभिजन वन कार्यालय जानकीनगर, सर्लाहीमा
बुझाईएको प्रहरीले जनाएको छ |