रौतहट । कटुवा पेस्तोल र त्यसमा लाग्ने गोलीसहित रौतहट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
कटुवा पेस्तोल सहित पक्राउ पर्नेमा जिल्लाको
दुर्गाभगवती गाउँपालिकाको वडा न २
भलोहिया २४ वर्षीय सञ्जय साह सोनार त्यस्तै
कटुवा पेस्तोल लुकाई छिपाई राख्ने कार्यमा
संगलंगन दुर्गाभगवती गाउँपालिकाको वडा न २
भलोहिया बस्ने वर्ष २८ संजिव कुमार
महतो,वडा नं.१ वस्ने वर्ष १९ को राजेश कुमार
चौधरी र गढीमाई नगरपालिका वडा नं
६ धरमपुर वस्ने वर्ष २४ को दिनेश महरा
समेतलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला
प्रहरी कार्यालय रौतहटको प्रहरी नायब
उपरीक्षक नारायण प्रसाद चिमोरियाले बताउनु
भएको छ ।
१ थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने २
थान गोलीसहित बुधबार दिउँसो प्रहरीले
उनीहरुलाई पक्राउ गरेको हो ।गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा हतियारसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले
जनाएको छ ।
X