• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जमा कोभिड संक्रमण तेस्रो लहरको जोखिम टरेको हो ?

  • वीरगंज संजाल
  • ७ आश्विन २०७८, बिहीबार ०७:२७
  • ४६१३

    वीरगन्ज । वीरगन्जमा कोभिड संक्रमण तेस्रो लहरको जोखिम टरेको हो ? पछिल्ला दुई साता नेपालमा कोभिड १९ संक्रमित तथा मृत्यु हुनेको संख्या घट्दो क्रममा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो लहरको संक्रमण आउनसक्ने भन्दै सचेत गराइरहँदा दैनिक थपिने संक्रमित तथा मृत्यु हुनेको संख्या घटेको हो । यद्यपि संक्रमणको कम भए पनि नयाँ भेरियन्ट म्युटेसन हुनसक्ने र संक्रमण बढ्नसक्ने मन्त्रालयले जनाएको छ ।

    भदौयता निरन्तर घट्दो संक्रमण
    गत चैत अन्तिमदेखि जेठ पहिलो सातासम्मको अवधि कोभिड संक्रमणका र संक्रमितको मृत्युका हिसाबले कठिनपूर्ण अवस्थाको तथ्यांक छ । यो अवधिमा नयाँ संक्रमित थपिने दर र टेष्ट पोजेटिभिटी दर ३५ प्रतिशतसम्म पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । असारयता केही मत्थर भएको कोभिड संक्रमण साउनमा पनि निकै उच्च हुनपुग्यो ।साउन महिनापछि संक्रमण दर निरन्तर घट्दो क्रममा छ । भदौ दोस्रो सातादेखि असोज पहिलो सातासम्म नेपालमा १ लाख ९८ हजार ३६६ वटा नमूनाको परीक्षण भएको छ । यो परीक्षणबाट २३ हजार ९३० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयलको तथ्यांक छ । नेपालमा दोस्रो लहरको कोभिड १९ संक्रमण उच्च भएयता साउन महिनामा सबैभन्दा धेरै संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । असार मसान्तसम्म ६ लाख ६२ हजार ५७० रहेको कोभिड संक्रमितको संख्या साउन ३२ गतेसम्म आइपुग्दा ७ लाख ३४ हजार ८३८ पुग्यो । यो एक महिनाको अवधिमा थपिने संक्रमितको तुलनामा निको हुनेको संख्या निकै कम रह्यो ।

    साउनमा ५८ हजार ६७२ जना संक्रमणमुक्त भए । थपिने संक्रमितको संख्या ७२ हजार २६८ थियो । त्यस्तै, साउन महिनाभर मात्रै संक्रमणका कारण ८६४ जनाको मृत्यु पुष्टि भएको मन्त्रालयको तथ्यांक छ । सक्रिय संक्रमितको दर ४ प्रतिशतबाट बढेर ५.३६ प्रतिशत पुगेको थियो भने दैनिक टेस्ट पोजिटिभिटी दर २२ प्रतिशतभन्दा बढी रह्यो । साउनको अन्तिम साता नेपालमा प्रत्येक ४ जनामा परीक्षण गर्दा १ जनामा कोभिड संक्रमण पुष्टि हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ ।तर, भदौ महिनामा थपिने कोभिड सं्रकमितको संख्या साउनको भन्दा झन्डै २६ हजारले कम छ । भदौ महिनाका ३० दिनमा नेपालमा २ लाख ९४ हजार ३८ वटा नमूनाको परीक्षण गरिएको थियो । यो परीक्षणबाट ४६ हजार ४१४ जनामा संक्रमण पुष्टि भएको थियो । भदौका ३० दिनमा संक्रमणमुक्त हुनेको संख्या तुलनात्मक रुपमा साउनभन्दा बढी ५८ हजार ३८६ छ जुन थपिने संक्रमितको संख्याभन्दा बढी हो । साउनमा ७२ हजारभन्दा बढी संक्रमित थपिँदा निको हुनेको संख्या ५८ हजार ६७२ निको थियो । भदौका ३० दिनमा कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या ६६४ रहेको छ जुनसंख्या साउन महिनामा ८६४ थियो ।

    संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या दोब्बर
    असोजको पहिलो साता नेपालमा कोभिड संक्रमणमुक्त हुनेको संख्या थपिनेभन्दा दोब्बर रहेको छ । मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार असोजका ६ दिनमा संक्रमणमुक्त हुनेको संख्या दोब्बर देखिएको हो । असोजका ६ दिनमा ५५ हजार ९८८ वटा नमूनाको परीक्षण भएको छ । जसबाट ५ हजार ८३९ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । यही अवधिमा १० हजार १०५ जना संक्रमणमुक्त भएको र ५७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । योसँगै असोज ६ गतेसम्म नेपालमा कोभिड संक्रमित हुनेको जम्मा संख्या ७ लाख ८७ हजार ८२८ पुगेको छ भने सक्रिय संकमितको संख्या २१ हजार १३९ रहेको छ ।
    पछिल्लो २४ घण्टामा टेष्ट पोजेटिभिटी दर ११.३ प्रतिशत रहेको मन्त्रालयको तथ्यांक छ । ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या साउन अन्तिम साता २१ रहेकोमा असोज ६ गते आइपुग्दा ९ मा झरेको छ ।

    घट्दै मृत्युदर
    नेपालमा भदौयता कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या पनि निरन्तर ओरालो लागेको तथ्यांकले देखाएको छ । दोस्रो लहरमा सबैभन्दा धेरै २०७८ जेठ ५ मा २४६ जनाको मृत्यु भएको थियो । त्यसयता मंगलबार सबैभन्दा कम ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।कोभिड १९ को दोस्रो लहरको संक्रमणपछि धेरै व्यक्तिमा एन्टिबडीको विकास भएकाले पनि संक्रमितको संख्या घटाएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलको बुझाइ छ । सरकारले पछिल्लो समय गरेको सेरो प्रिभिलेन्स सर्भेले पनि कोभिड १९ विरुद्धको खोप लगाएका व्यक्तिमा ८० प्रतिशतसम्म र नलगाएका व्यक्तिमा पनि औसतमा ६८ प्रतिशत हर्ड इम्युनिटी रहेको देखाएको छ ।

    नयाँ भेरियन्ट देखिए तेस्रो लहर आउनसक्छ
    नेपालमा कोभिड संक्रमणको दोस्रो लहरमा डेल्टा भेरियन्ट धेरै सक्रिय भएको थियो । पछिल्लो समय गरिएको जिन सिक्वेन्सिङमा पनि यही भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनंख्या मन्त्रालयले जनाएको छ । नेपालमा तेस्रो लहर आउनसक्ने दुईवटा माध्यम रहेको वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनको आकलन छ । पहिलो बाहिरी मुलुकबाट आउने व्यक्तिले नयाँ भेरियन्ट सार्नसक्ने सम्भावना दोस्रो नेपालमा अहिले भइरहेको भेरियन्ट म्युटेन्ट हुनसक्ने सम्भवना । यी दुई अवस्थामा नेपालमा संक्रमण पुनः उच्च हुनसक्ने विज्ञहरुको ठहर छ ।

    तर, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा अन्य देशमा जस्तो नेपालमै म्युटेन्ट भएर नयाँ भेरियन्ट बनेको हालसम्म पुष्टि भएको छैन । यो हिसाबले नयाँ भेरियन्ट नबनेमा अब नेपालमा फेरी संक्रमण बढ्ने सम्भावना कम देखिएको छ । इपिडिमियोलोजिस्ट डा. अनुप सुवेदी भन्छन्, “अहिलेको संक्रमण दरलाई हेर्दा संक्रमण बढ्नसक्ने त देखिन्छ तर दोस्रो लहरमा भएजस्तो उच्च भने नहोला ।”

    जोखिम कायमै
    चाडपर्व नजिकिएकाले चहलपहल बढ्ने र संक्रमण पनि बढ्नसक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेल बताउँछन् । “संक्रमण घटेको हो तर जोखिम कायमै छ, अहिलेको दरलाई हेरेर ढुक्क हुने अवस्था बनिसकेको छैन,” उनी भनछन्, “विश्वका विभिन्न मुलुकमा नयाँ भेरियन्ट बन्ने क्रम कायमै रहेकाले नयाँ भेरियन्ट देखिए नेपालमा पनि संक्रमण बढ्नसक्छ । त्यसैले हामीले जस्तोसुकै अवस्थामा पनि जनस्वास्थ्यका मादपण्डको भने पालना गर्न भुल्नु हुँदैन ।” ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑