कलैया | कलैया उपमहानगरपालिकाको कार्यालयमा शिक्षा शाखा प्रमुख प्रल्हाद बर्णवाल र स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द जैयस्वाल भष्ट्रचारमा लिप्त भएको तथ्य बाहिर आएको छ। कलैया उपमहानगरपालिकाको शिक्षा शाखा प्रमुख बर्णवाल जिल्लान्तर सरुवा गर्नमा मोटो रकम चलखेल गरेको तथ्य बाहिर आएको छ। आर्थिक चलखेलमा बिधालयमा बिधालय व्यवस्थापन समिति गठन नभएको बिधालयमा पनि जिल्लान्तर सरुवा सहमति प्रदान गर्ने गरेको स्रोतको दाबी रहेको छ। त्यस्तै कुनै पनि सहमति सिफारिस गराउन जाँदा पनि कम्तिमा रु ५ हजार देखि १० हजार नलिई नगर्ने गरेको आरोप लगाईएको छ। साथै शिक्षा प्रमुख बर्णवालले आफ्नो बिश्वासिलो पात्रो राखेको पनि गुनासो आएको छ। विश्वासपात्रले जबसम्म कुनै कामको लागि ग्रिन सिग्नल अर्थात् नभनेसम्म शिक्षा प्रमुख बर्णवाल नगर्ने गरेको पनि नाम उल्लेख नगर्ने सर्तमा एक शिक्षकले बताएका छन।
त्यस्तै स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द जैयस्वालले पनि स्वास्थ्य शाखामा लुट्ने जति लुटेको गुनासो हरु बढ्दै गएको छ। स्वास्थ्य शाखा प्रमुख जैयस्वालले दोस्रो चरणको कोभिड १९ को बेलामा कलैया स्थित गँगानगरमा आईसोलन वार्डमा एक जना बिरामी नभएको बेला पनि अनुगमन गरी भत्ता लिएका छन्। साथै स्वास्थ्य शाखा अन्तर्गत रहेका नगरपालिका भित्रका स्वास्थ्य चौकि हरुमा आफुखुसी कर्मचारीहरुलाई राख्ने तथा सरुवा गर्ने गरेका छन। स्वास्थ्य शाखाबाट खरिद गरीएको औषधि हरुमा पनि कमिशनको चलखेल भएको स्रोतको दाबी रहेको छ।स्वास्थ्य शाखा प्रमुख जैयस्वालले नगरपालिकाबाट भुक्तानी हुने रु २० लाखसम्मको चेक काट्ने गरेका छन। त्यसभन्दा माथि रु ५१ लाख सम्मको चेक काट्ने अधिकार शिक्षा शाखा प्रमुख बर्णवाललाई रहेको छ। त्यस भन्दा माथि कार्यालय प्रमुखको अधिकार रहेकोमा कार्यालय प्रमुख कहिले पनि कार्यालयमा नभेट्ने गरेको जन गुनासो रहेको छ। त्यसैले शिक्षा प्रमुख बर्णवाल र स्वास्थ्य शाखा प्रमुख जैयसवाल आफुखुसि भुक्तानी दिने तथा काम गर्ने गरेको स्थानियहरु बताउँछन्।
शिक्षा शाखा प्रमुख बर्णवालसँग प्रतिक्रिया लिंदा आफु निमित्त कार्यालय प्रमुख भएको कुरा नगरपालिकाको २/४ जनालाई नराम्रो लागेको कारणले यस्तो गुनासो आएको हो। कार्यालय प्रमुख गोपालप्रसाद रेग्मि मन लागे १/१.५ महिनामा एक दुई आउने गरेको बताएका छन। त्यहि २/४ जनाले गर्दा मँगलबार सातौ तहको स्वास्थ्य अधिकृतलाई निमित्त कार्यालय प्रमुख बनाईएको छ। त्यस्तै स्वास्थ्य शाखा प्रमुख जैयस्वालसँग प्रतिक्रिया लिंदा आफ्नो हातमा केहि नभएको जानकारी गराएका छन। साथै आफु रु २० लाख सम्मको भुक्तानी दिने गरेको स्वीकार गरेका छन। स्वास्थ्य शाखा अन्तर्गत कुनै काम नै हुदैन बताउदै प्रतिक्रिया दिनबाट पन्छेका छन।