वीरगंज । पछिल्लो केही साता यता नेपालसहित छिमेकी देशहरुमा समेत कोरोना भाइरसको संक्रमण दर घट्दो क्रममा रहेको छ ।मंगलबार नेपालमा ९ हजार ६ सय २६ जनाको परीक्षण गर्दा एक हजार ३६ जनामा संक्रमण पुष्टि भएको थियो भने ५ जनाको निधन भएको थियो ।छिमेकी भारतमा भने मंगलबार २६ हजारमा संक्रमण पुष्टि भएको थियो भने २ सय ५२ जनाको निधन भएको थियो ।यसैबीच, भारतको नयाँ दिल्लीस्थित एम्सका निर्देशक डा.रणदीप गुलेरियाले कोरोना भाइरस अब महामारी नरहेको धारणा व्यक्त गरेका छन् ।त्यसो त उनले जबसम्म सबै व्यक्तिहरुलाई कोरोना विरुद्धको खोप लगाईँदैन, तबसम्म सतर्क रहनु अनिवार्य भएको समेत बताएका छन् ।खासगरी मुखैमा आएका चाडपर्वको बेला हरेक व्यक्तिले सतर्कता अपनाउनु पर्ने उनको धारणा छ ।
पूर्ण रुपले कहिले सकिँदैन कोरोना
डा.गुलेरियाका अनुसार यदि मानिसहरुले सावधानी अपनाए भने बिस्तारै कोरोनााबाट संक्रमित हुनेहरुको संख्या अझ कम हुनेछ ।त्यसो त कोरोना विश्वबाट कहिले पनि पूर्ण रुपले समाप्त नहुने पनि उनले बताएका छन् ।यद्यपि, जसरी विभिन्न देशहरुमा खोप अभियान जारी छ, त्यसले कोरोनालाई अब महामारीकै रुप लिने अथवा ठूलो समुदायमा फैलने सम्भावना कम छ ।डा.गुलेरियाका अनुसार कोरोना भाइरस चाँडै नै आम फ्लू अर्थात साधारण रुखा, खोकीको रुपमा परिवर्तन हुनेछ, किनभने मानिसहरुमा अब यो भाइरसविरुद्ध इम्युनिटी तयार गरिसकेको छ ।यद्यपि, बिरामी तथा कमजोर इम्युनिटी भएका व्यक्तिहरुमा भने यसको खतरा कायमै रहने छ ।
बुस्टर डोजको आवश्यकता
खोपले जीवनभर सुरक्षा प्रदान गर्छ अथवा केही समयपछि दोस्रो बूस्टर डोजको पनि आवश्यकता पर्छ भन्ने प्रश्न खोप लगाइसकेका मानिसको मनमा उब्जिएको छ ।यस बारेमा डाक्टर गुलेरिया भन्छन् –‘सबै मानिसलाई खोपको दोस्रो डोज पनि लगाउनु पहिलो प्राथमिकता हो, बालबालिकालाई पनि खोप लगाउनु पर्छ । त्यसपछि मात्र बूस्टर डोजको बारेमा सोच्नु पर्छ ।’संसारका सबै देशमा खोप समान रुपमा लगाउनु पर्छ । जबसम्म संसारका सबै देशमा पूर्ण मात्रामा खोप लाग्दैन, तबसम्म अन्य देशहरुका लागि पनि खतरा हुन्छ ।खोप लगाइसकेका रोगी, वृद्धा अथवा कमजोर प्रतिरोधक क्षमता भएका मानिसलाई बूस्टर डोज दिन सकिन्छ ।पहिला जुन खोप लगाएको थियो, बूस्टर त्यहि हुनु पर्छ भन्ने छैन ।जुन सुकै खोप लगाएर पनि बूस्टरको काम गर्न सकिन्छ ।केही मानिसलाई बूस्टर डोजको आवश्यकता पर्न सक्छ, तर यसबारेमा सोचेर मात्र निर्णय गरिनेछ ।बूस्टरभन्दा पहिला सबैलाई खोप लगाउनु आवश्यक छ त्यसपछि मात्र बूस्टरको कुरा आउँछ ।