• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सबै सडकखण्डको बोलपत्र आह्वान, केही स्थानमा निर्माण सुरु

  • वीरगंज संजाल
  • ५ आश्विन २०७८, मंगलवार ०७:४९
  • ३००१

    वीरगंज। सरकारको राष्ट्रिय गौरव आयोजनाको रूपमा रहेको तराई–मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) निर्माणले तिव्रता पाएको छ । अगाामी २०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य राखेको नेपाली सेनाले आयोजनाको सबै खण्डको बोलपत्र आह्वान गरेर कतिपय स्थानमा निर्माण सुरु हुने क्रममा रहेको जनाएको छ ।

    सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने, “यो आर्थिक वर्षमा फास्ट ट्रषकभित्र पर्ने सबै सडकखण्डको बोलपत्र आह्वान भई निर्माण कार्य सुरु भइसक्नेछ ।” उनले फास्ट ट्रयाकको जिरो किलोमिटरको रूपमा रहेको खोकना क्षेत्रको मुआब्जा विवाद मिले वैशाखसम्ममा त्यस क्षेत्रको पनि टेन्डर आह्वान भई काम सुरु हुने जानकारी दिए ।

    मन्त्रिपरिषद्को २१ वैशाख ०७४ गतेको निर्णयानुसार फास्ट ट्रयाक आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी सेनाले पाएको थियो । १ भदौ ०७६ को सरकारको निर्णयबाट परियोजनाको डीपीआर स्वीकृत भएको थियो । डीपीआरअनुसार अनुमानित लागत १७५ अर्ब रहेको छ ।

    सेनाले फास्ट ट्रयाक निर्माण ११ वटा क्लस्टरमा ७२.५ किलोमिटर लामो सडक खण्ड बनाउने योजना बनाएको छ । त्यसमध्ये २ वटा सुरुङ मार्गको बोलपत्र आह्वान भएर काम सुरु भइसकेको छ । आयोजना वाग्मती र नम्बर २ प्रदेशका चारवटा जिल्लाहरू (ललितपुर–काठमाडौं–मकवानपुर–बारा) हुँदै निजगढलाई अन्तिम बिन्दुको रूपमा प्रस्ताव गरिएको छ ।

    द्रूतमार्गको ०७८ भदौ महिनासम्म सुरुङमार्ग निर्माणका लागि प्याकेज नम्बर १ (महादेवटार)मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र प्याकेज नम्बर २ (धेद्रे र लेनडाँडा)मा पोली चाङ्डा इन्जिनियरिङ कर्पोरेसन लिमिटेडबीच ३१ वैशाखमा ठेक्का सम्झौता भएअनुरूप ३१ जेठबाट कार्य प्रारम्भ भएको छ ।

    Global bank
    प्रवक्ता पौडेलकाअनुसार कात्तिकको अन्तिममा बोलपत्र आह्वानको प्रक्रिया पूरा भई निर्माण कार्य सुरु हुन्छ । निजगढदेखि राजमार्गसम्म २२.५ किलोमिटरसडकखण्ड छ । त्यहाँ ३ वटा प्याकेज बनाई ३१ साउनमा अन्तर्राष्ट्रिय बोलपत्रअन्तर्गत प्याकेज नम्बर ३ र प्याकेज नम्बर ६ को दुईवटा बोलपत्र आह्वान भएको थियो भने भर्खरै प्याकेज नम्बर ४ का लागि १ असोजमा ४५ दिने सूचना प्रकाशित बोलपत्र आह्वान भएको छ ।

    साउनमा आह्वान गरिएको बोलपत्र १५ असोजमा इच्छुक कम्पनीले कागजात बुझाई सेनालेमुल्याङ्कन गरेर ठेक्का दिएपछि काम सुरु हुनेछ ।यस्तै, असोजमा बोलपत्र आह्वान भएको १५ मंसिरभित्र मुल्याङ्कन हुनेछ । अन्तर्राष्ट्रिय बिडिङ भएकाले ४५ दिन लाग्ने प्रवक्ता पौडेलले बताए ।

    उनले सुरुङमार्गको ठेक्का अघिल्लो वर्ष लागेकाले डिजाइनको काम द्रूतसँग अगाडि बढेको बताए । त्यसपछि निजगढदेखि राजमार्गसम्मको २२.५ किलामिटर दूरी सडक खण्डकालागि आवश्यक पर्ने निर्माणहरू विशेष पुल, साधारण पुल, एक्सप्रेस वे, कल्भर्ट बनाउने, पर्खाल लगाउने सबैका लागि सेनाले बोलपत्र आह्वान गरिसकेको छ । उनकाअनुसार मंसिरबाट निर्माण काम सुरु हुनेछ ।

    “३२.५ किलोमिटर ठेक्का लाग्ने प्रक्रियामा गइसक्यो । बाँकी ४० किमि सडक खण्डलाई ६ वटा प्याकेजमा बाँडिएको छ । राजमार्गदेखि खोकनासम्मको स्थानलाई ६ प्याकेजमा बाँडिएको हो । उक्त प्याकेजमा दुईवटा कम्पनीबाट जियो टेक्निकल इन्भेस्टिगेसन र जियो फिजिकल इन्भेस्टिगेसनको काम भइरहेको छ,” प्रवक्ता पौडेल भन्छन्, “त्यसले दुई महिनामा प्रतिवेदन दिन्छ । त्यसको आधारमा बोलपत्र तयार गरेर पुसमा आह्वान गर्छौँ ।” प्याकेज नम्बर ६ र ७ (लेनडाँडा–राजदमार खण्ड) तथा प्याकेज नम्बर ८ (सिस्नेरी–महादेवटार खण्ड) का लागि टेन्डर डकुमेन्ट्सको कार्य भइरहेको छ ।

    निर्माणका क्रममा कटान भएका २७ हजार ७ रुखको सन्दर्भमा १ः२५ को अनुपातमा ६ लाख ७५ हजार १७५ विरुवाहरू रोप्ने योजनाअनुसार चालु आर्थिक वर्षको साउन महिनासम्ममा विभिन्न प्रजातिका रुखहरू एवम् फलफूलका विरुवाहरू गरी ४ लाख २ हजार ८२३ विरुवाहरू रोपी संरक्षणको व्यवस्थासमेत मिलाएको सेनाले जानकारी दिएको छ ।

    कटान स्वीकृति भएको रुख संख्यामध्येबाट निजगढ खण्डमा ३१५ वटा कटान, छपान तथा अन्तिम जाँचपास गर्न सम्बन्धितमा पत्राचार भई सम्बन्धित निकायका प्रतिनिधिबाट स्थलगत निरीक्षणपछि रुख ‘भेरिफिकेसन’ कार्य सम्पन्न भई कारबाही अगाडि बढाएको सेनाले जानकारी दिएको छ ।

    टोल प्लाजा, रेस्ट एरिया, इन्टरचेन्ज तथा सर्भिस ट्रयाकका लागि थप आवश्यक पर्ने जग्गा अधिग्रहण गर्ने सम्बन्धमा अन्तर्राष्ट्रिय परामर्शदाता युसिन जेभीबाट सर्भे गरी फिल्ड निश्चित गर्ने कार्य अगाडि बढाइएको छ ।

    “हाम्रो अपेक्षा ५ वटा प्योकजको त काम सुरु गर्छौँ नै र अन्तिम छैटौँ प्योकज–खोकना क्षेत्र जग्गाको मुआब्जा विवाद यथावत नै छ,” उनले भने, “राष्ट्रिय योजना आयोगको सहसचिवको अध्यक्षतामा सीमित बनेको छ । त्यो विवाद समाधान भएमा वैशाखमा बोलपत्र आह्वान गर्छौँ ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑