जनकपुर । धनुषाधाम नगरपालिका २ धरमपुरको सार्वजनिक पोखरीमा आमा र छोराको लास फेला परेको छ ।
स्थानीय अशोक सिंहकी श्रीमती अन्दाजी २८ वर्षीया अर्चना सिंह र उनका छोरा ४ वर्षीय कुशकुमारको लास पोखरीमा फेला परेको हो । स्थानीयले पोखरीमा लास देखेपछि प्रहरीलाई खबर गरेको थियो ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय ढल्केबरको टोली पुगेर आमा–छोराको लास पोखरीबाट निकालेको छ । लास पोष्टमार्टमका लागि जनकपुर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
श्रीमान घरमा नभएको बेला ति महिला र उनका छोराको लास पोखरीमा फेला परेपछि घटना रहस्यमीय बनेको छ । अहिले घटनाको रहस्य बाहिर आउन सकेका छैन । प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । छिमेकीहरुका अनुसार राति श्रीमान श्रीमतीबिच झगडा भएको थियो ।