• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेसी जनतालाई गोलि हानेर बनाईएको संविधान मधेसका लागि स्विकार्य नरहेको :- अध्यक्ष ठाकुर

  • वीरगंज संजाल
  • ३ आश्विन २०७८, आईतवार २१:१६
  • ३२२९

    बिरगंज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा )का अध्यक्ष महन्थ ठाकुरले अधिकारका लागि सडकमा निस्कएका मधेसी जनतालाइ गोली हानेर बनाइएको संविधान मधेसका लागि स्वीकार्य नरहेको बताएका छन् ।
    पर्साको पकाहामैनपुरमा आइतवार आयोजित शहिद सत्रुधन पटेलको श्रद्धान्जली सभालाइ सम्बोधन गर्दै ठाकुरले मधेसीको रगतले लेखिएको संविधानमै मधेसीकै अधिकार नसमेटिएको बताए ।
    ठाकुरले भने ,‘ जब सम्म मधेसका माग समेटिदैन तब सम्म मधेसीले यो संविधानको अपनत्व लिन सक्दैनन, असोज ३ गतेलाई कालो दिनकै रुपमा मनाउछन् ।
    संविधान जारी हुनु पुर्व आफना माग संविधान राख्न माग राखेर शान्तिपूर्ण आन्दोलनमा उत्रिएका मधेसीलाइ खस शासकले बदलाको भाव राखेर गोली चलाएर मधेसी सपुतहरुको हत्या गरेको आरोप पनि उनले लगाए ।
    अहिले पनि मधेस प्रति शासकको विभेदकै व्यवहार रहेको भन्दै उनले भने ,‘ अहिले पनि हाम्रा पार्टीका सांसद रेशम चौधरी जेलमै छन् , सयौं नेता कायकर्ताले मुद्धा खेपी रहेका छन् ।
    माओवादी सशस्त्र युद्धका घाइतेलाइ राज्यले भरपोषण गरिरहेको तर मधेस आन्दोलनका घाइतेहरुलाइ भने वास्ता नै नगरेको गुनासो उनले गरे ।
    लोसपाका नेता राजेन्द्र महत्तोले असोज ३ गते मधेसी र मधेसीका अधिकारको हत्या भएको दिन भएको टिप्पणी गरे ।
    मधेसी पनि नेपाली हुन् , त्यसैले मधेसीको अधिकार पनि समेटेर संविधान जारी गर भनेर शान्तिपूर्ण आन्दोलनमा उत्रिदा सरकारले गोली चलाएर मधेसीको हत्या गरेको महत्तोले बताए ।
    त्यसैले यो विभेदकारी संविधान नसच्चिएसम्म मधेसीको संविधान नहुने उनले बताए ।
    जसपाका कार्यकारीणी सदस्य एंव पुर्वमन्त्री जितेन्द्र सोनलले अहिलेको संविधान लोकतान्त्रिक संविधान नभइ खुनी (हत्यरा) संविधान रहेको बताए ।
    उनले भने ,‘ संविधान लेख्ने बेलामा हामीले मधेसीलाइ पनि नेपाली ठानेर मधेसको पनि मुद्धा समावेश गरिदेउ भनेर माग गरयौ , सडकमा निस्क्यौ तर खसवादी दल र त्यस बेलाको सरकारले मधेसी माथि गोली चलायो , मधेसीको छातीमा बुटले बजार्यो अनि बन्दकुको बलमा एकलौटी संविधान जारी गरयो ।
    उनले आज मुलुकले पाएको संघीयता र समानुपातिक समावेशीताको उपलब्धी मधेस विद्रोहकै उपलब्धी भएको जिकिर पनि गरे ।
    उनले भने ,‘ संघयिता , समानुपातिक समावेशीता जस्ता उपलब्धी मधेस विद्रोहकै देन हो ।
    श्रद्धान्जलीसभालाइ लोसपाका कार्यकारीणी सदस्य एंव पूर्वमन्त्री लक्ष्मणलाल कर्ण , प्रदेश सभासदस्य रमेश कुर्मी , प्रहलाद गिरीले लगायतले पनि सम्बोधन गरेका थिए ।
    श्रर्दान्जली कार्यक्रममा युवा नेता राजेशमान सिंह , प्रेमबाबू पटेल , मुकेश द्रिवेदी , उमेश सहनी , मिनु ठाकुर , बरखतुन नेसा , राहुल सरार्फ , शशि पाण्डे , सुजित गिरि लगायतका नेता कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑