पकहामैनपुर । लोकतान्त्रिक सामाजबादी पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरले मधेशी जनताले न्याय नपाएसम्म आफुहरुको आन्दोलन जारी रहने बताउनु भएको छ ।
मधेश आन्दोलनका शहिद सत्रुधन पटेलको छैठो स्मृती सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले सो कुरा बताउनुभयो । लो.स.पा.अध्यक्ष ठाकुरले संविधान संसोधन मार्फत मधेशी जनताको समनताको अधिकारको लागि राज्यसंग आफुहरुको लगाई रहेको बताउदै उक्त मा“ग सम्बोधन नभए जुनसुकै बेला आन्दोलन हुन सक्ने चेतावनी दिनुभयो ।
लोकतान्त्रिक सामाजबादी पार्टी पर्साले शहिद सत्रुधन पटेलको गाउ पकहा चौकमा आयोजना गरेको स्मृती सभामा बोल्दै अध्यक्ष ठाकुरले आफुहरु मुदासंग सम्झौता गरि नेकपा एमालको सरकारलाई मत दिएको समेत प्रष्ट पार्नुभयो । अध्यक्ष ठाकुरले आफुहरुको मा“ग पुरा गर्ने जुनसुकै पार्टीको सरकारसंग सहकार्य हुन सक्ने बताउनुभयो ।
“नेपाल बहुल राष्ट्रिय राज्य हो” लोसपा बरिष्ठ नेता महतो ::सोही कार्यक्रमलाई सम्बोधन गर्दै लोसपाका बरिष्ठ नेता राजेन्द्र महतोले नेपाल बहुल राष्ट्रिय राज्य भएको बताउदै देशको शासन प्रणालीमा मधेशी जनताको समानताको अधिकार नभएसम्म आफुहरुको लडाई जारी रहने बताउनुभयो ।
ब्रिष्ठ नेता महतोले मधेशी जनताको छातीमा गोली हानेर बनाईएको संविधान कुनै कामको समेत नभएको टिप्पणी गर्दै देशमा अहिले पनि पुर्ण लोकतन्त्र नआएको दाबी गर्नुभयो ।
नेता महतोले एकल जातिय सोचले बर्तमान स.बिधान बनेकोले समाबेशी संविधान नबनेसम्म आफुहरु संबिधान दिवस मनाउन नसक्ने जिकिर गर्नुभयो । नेता महतोले अधिकार सम्पन संघियता आफुहरुको मुख्य मा“ग रहेको भएपनि केन्द्र सरकारले संघियतालाई पंगु बनाएको समेत टिप्पणी गर्नुभयो ।
लोकतान्त्रिक सामाजबादी पार्टी पर्साले शहिद सत्रुधन पटेलको गाउ पकहा चौकमा आयोजना गरेको स्मृती सभामा लोसपाका कार्यकारीणी समिती सदस्य तथा पुर्व मन्त्री लक्षुमनलाल कर्ण , कार्यकारीणी समिती सदस्य तथा प्रदेश नं.२ का पुर्व मन्त्री जितेन्द्र सोनल , प्रदेशसभा सदस्य प्रहलाद गिरी , रमेश पटेल ,नेताहरु श्शिकपुर मिया , निजामुदिन समानी ,युवा नेता ओमप्रकाश सरार्फ लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।