• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    के हो निपा भाइरस ?

  • वीरगंज संजाल
  • २ आश्विन २०७८, शनिबार १६:११
  • ३१९७

    भारत | भारतको केरला लगायतका केही ठाउँमा निपा भाइरसका सङ्क्रमित भेटिएका छन् । निपा भाइरसबाट केरलामा १२ वर्षका एक जना बालकको ज्यान गइसकेको छ । यसले नेपालमा पनि जोखिम बढाएको छ ।निपा भाइरस जनावरहरुबाट मानिसमा सर्ने एक प्रकारको प्राकृतिक सङ्क्रामक रोग हो । फलफूलहरु खाने खालका चराचुरुङ्गीहरु तथा जनावरहरु विशेषगरी चमेरो प्रजातिबाट यो रोग सर्ने सम्भावना हुन्छ । चमेरो लगायतका प्रजातिले फलफूल खाँदा फलफूलमा रोगको सङ्क्रमण हुने र त्यही फलफूल मानिसले खाँदा यो रोग सर्ने जोखिम हुन्छ । सङ्क्रमित व्यक्तिको दिसा, पिसाब र रगतबाट पनि यो रोग सर्ने जोखिम रहन्छ ।

    छिमेकी भारतमा देखिएका धेरैजसो रोगहरु नेपालमा पनि देखिने गरेका इतिहासहरु प्रशस्तै छन् । मानिसबाट मानिसमा, जनावरबाट मानिस वा जनावरबाट जनावरमा देखिने धेरैजसो रोगहरु भारतमा फैलिएसँगै नेपालमा पनि फैलने गरेको छ ।कोरोनाको पहिलो र दोस्रो लहरमा भारतमा जोखिम बढ्ने बित्तिक्कै नेपालमा पनि जोखिम बढेको थियो ।  विगतमा भारतमा देखिएका अरु महामारीहरु पनि  भोग्यौँ । यसका कारण दक्षिण भारतमा देखिएको निपा भाइरस सङ्क्रमणको जोखिम नेपालमा पनि देखिएको हो ।

    सर्ने तरिका 

    भारतमा बिस्तारै फैलँदै गरेको निपा भाइरस नेपालमा आइपुग्न सक्ने भएकाले उच्च सावधानी अपनाउन आवश्यक छ । नेपाल भारत खुला सीमा भएकाले भारतबाट यो रोगको सङ्क्रमण नेपाल भित्रने जोखिम छ । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गरेर नेपालमा आउँदा सँगै रोग ल्याउने वा एकअर्काको सम्पर्कमा आउँदा सर्ने  सम्भावना उच्च हुन्छ ।एक व्यक्तिको शरीरबाट निस्कने, दिसा, पिसाब, रगत लगायतको प्रत्यक्ष सम्पर्कबाट अर्को व्यक्तिमा रोग सर्न सक्ने हुन्छ । त्यसको अलावा प्रत्यक्ष सम्पर्कबाट पनि सर्न सक्छ । कोरोना भाइरस जसरी सर्छ, त्यो माध्यम निपा भाइरस सर्नका लागि पनि सहज हुन सक्छ ।

    लक्षणहरु

    ​निपा भाइरसको सङ्क्रमण भइसकेपछि अरु खालका भाइरसका कारण देखिने जस्तै  समस्याहरु देखिने गर्छन् । टाउको दुख्ने, श्वास फेर्न गाह्रो हुने, लगायतका समस्याहरु हुन्छन् ।निपा भाइरसका लक्षणविहीनदेखि सामान्य तथा गम्भीर खालका लक्षणहरु हुन सक्छन् । सुरुमा यसले मस्तिष्क सुनिन्छ जसलाई इन्सेफ्लाइटिस पनि भनिन्छ । यसले ज्यान पनि जान सक्छ । भाइरसको सम्पर्कमा आएको २ हप्ताभित्रको समयमा लक्षणहरु देखा पर्न सक्छन् । ४५ दिनसम्म पनि लक्षणहरु देखिन सक्ने बताइएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सङ्क्रमितमा ज्वरो तथा टाउको दुख्ने लक्षण ३ दिनदेखि २ हप्तासम्म पनि देखिन सक्छ ।

    अहिले देखिएका रोगहरु जस्तै : कोरोना, डेङ्गी, स्क्रब टाइफस लगायतका रोगका लक्षणसँग निपा भाइरसका लक्षणहरु पनि मिल्छन् । तर केही लक्षणहरु भने अलि फरक देखिन्छ । त्यो आफैँले अनुमान गर्नुभन्दा अस्पतालमा डाक्टरहरुले लक्षण र परीक्षणका आधारमा पत्ता लगाउँछन् ।

    पुरानै भाइरस

    निपा अहिले पत्ता लागेको नयाँ भाइरस होइन । विगतमा यो भाइरसका कारण मानिसहरु सङ्क्रमित भएका थिए ।  ठूलै महामारीको रुपमा धेरै सङ्क्रमण भने फैलिएको थिएन । निपा भाइरस सबैभन्दा पहिले सन् १९९० मा मलेसियामा देखिएको भनिन्छ ।  यसको अहिलेसम्म खोप बनेको छैन । यसको उपचार पनि बिरामीलाई सहज पार्न सहयोग गर्ने मात्रै हुन्छ ।विश्व स्वास्थ्य सङ्गठनका अनुसार, यसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म रहेको छ । नेपालमा अहिलेसम्म यो भाइरसका सम्भावित लक्षणहरु देखिएको छैन । तर  सम्भावित व्यक्तिहरु नै छैनन् भन्न खोजिएको होइन । यसबारे सर्वसाधारण सबैलाई सुसूचित गर्न आवश्यक छ । त्यो काम स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्दै आएको छ । यसप्रति निगरानी बढाउने कामको पनि सुरुवात भएको छ ।

    अपनाउनुपर्ने सावधानी

    सङ्क्रमणको लक्षण देखिएर परीक्षण गर्नुभन्दा सङ्क्रमण हुनै नदिनका लागि सचेत हुनुपर्छ ।  त्यही अनुसारको व्यवहारहरु गर्नुपर्छ ।  जङ्गली जनावरहरुले जुठो बनाएका फलफूल तथा तरकारी नखाने, पकाएर खानुपर्ने  तरकारीहरु राम्ररी पखालेर, पकाएर मात्र खाने गर्नुपर्छ । त्यसो गर्न सके सङ्क्रमण हुन सक्ने सम्भावनाबाट  बच्न सकिन्छ ।सङ्क्रमण सार्न सक्ने सम्भावित जनावरको सम्पर्कमा नआउने, जनावरले जुठो बनाएका खानेकुराहरु प्रयोग गर्नु हुँदैन ।  कुनै पनि रोगको सङ्क्रमण नै हुन नदिनु बुद्धिमानी हो । भाइरस सङ्क्रमण हुने र त्यसले निम्त्याउन सक्ने जटिलतातर्फ ध्यान केन्द्रीत गर्नुभन्दा सङ्क्रमण हुनै नदिनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उच्च सतर्कता अपनाउनुका साथै अन्य तयारीहरु पनि  गरिरहेको छ । सरकारले गर्ने रोकथामसँगै सङ्क्रमण फैलन नदिनका लागि सर्वसाधारण पनि उत्तिकै सजग हुन आवश्यक छ । फलफूल राम्ररी पखालेर मात्र खाने, तरकारीहरु पनि पखालेर पूर्ण रुपमा पकाएर खाने गर्नुपर्छ ।गाईबस्तुको फार्महरु राम्ररी सफा गर्ने, मासु काट्दा वा पकाउँदा पञ्जा, मास्कको प्रयोग गर्ने, बेलाबेला साबुन पानीले हात धुने, कोरोनाबाट बच्नका लागि जस्तै भीडभाडमा नजाने, मास्कको प्रयोग गर्ने लगायतका सतर्कता अपनाउनुपर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑