• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यो साता ३८ अर्बभन्दा बढीको शेयर कारोबार : नेप्से परिसूचक ६३.५८ अंकले घट्यो

  • वीरगंज संजाल
  • २ आश्विन २०७८, शनिबार १५:३९
  • १७३३

    वीरगन्ज । यो साताको कारोबारमा नेपालको शेयर बजार ६३ दशमलव ५८ अंक घटेको छ । गत साता २ हजार ८७५ दशमलव ९७ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ८१२ दशमलव ३९ विन्दुमा झरेको हो । साताको पाँच ओटा कारोबार दिनमा तीन दिन बजार घटेको छ भने एक दिन स्थिर रही एक दिन बढेको छ । साताको पहिलो दिन ७१ दशमलव ४३ अंकले बढेको बजार दोस्रो दिन स्थिर रहेको थियो । तेस्रो कारोबार दिन १८ दशमलव ५४ अंक, चौथो दिन ४० दशमलव २६ अंक र पाँचौ दिन ७६ दशमलव ६५ अंकले बजार घटेको हो ।

    मौद्रिक नीतिमा व्यवस्था भएको मार्जिन कर्जाको सीमा र उक्त सीमा लागू गर्ने अवधिका कारण प्रभावित बन्दै आएको बजारलाई पछिल्लो समय बैंक ब्याजदर वृद्धिले थप प्रभावित बनाएको जानकारहरुको भनाइ छ । बैंकमा तरलता अभाव भएसँगै असोजदेखि नै लागू हुने गरी ब्याजदर बढेर आएको छ । बैंक ब्याजदर र शेयर बजारसँगको सम्बन्ध नकारात्मक हुने भएकाले केहि समय ब्याजदरकै कारण बजारमा लगानी घट्ने अनुमान जानकारहरुले लगाएका छन् । सरकारले खर्च नगर्दा बैंकमा तरलता अभाव सिर्जना भएकाले ब्याजदर बढेको भन्दै सरकारी खर्च शुरु भएसँगै ब्याजदरमा कमी आउने बैंकरहरुको भनाइ छ ।

    कोभिडको महामारी शुरुभएदेखि बैंकमा तरलता अभाव नभएको र अहिले अवस्था सामान्य भएसँगै अन्य व्यवसायिक क्षेत्रहरु पनि सञ्चालनमा आउँदा तरलता घटेको जानकारी समेत बैंकरहरुले दिएका छन् । नेप्से परिसूचक तीन दिन लगातार घट्दा कुल बजार पूँजीकरण पनि रू. ८९ अर्ब १९ करोड १० लाख ९७ हजार कम भएको छ । गत साता रू. ४० खर्ब २४ अर्ब ९३ करोड ३० लाख ८६ हजार रहेको कुल बजार पूँजीकरण यो साता रू. ३९ खर्ब ३५ अर्ब ७४ करोड १० लाख ८९ हजारमा झरेको हो ।

    ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि यो साता ९ दशमलव ५१ अंकले घटेको छ । गत साता ५३५ दशमलव २९ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५२५ दशमलव ७८ विन्दुमा झरेको हो । गत साताभन्दा यो साता कारोबार रकम र कित्ता पनि घटेको छ । गत साता रू. ४२ अर्ब २५ करोड ९८ लाख १९ हजार बराबरको ८ करोड ६७ लाख ८ हजार ८ कित्ता शेयर कारोबार भएकोमा यो साता रू. ३८ अर्ब ३१ करोड ७८ लाख ८२ हजार बराबरको ७ करोड ४ लाख ४७ हजार ७१७ कित्ता शेयर कारोबार भएको हो ।गत साताभन्दा यो साता रू. ३ अर्ब ९४ करोड १९ लाख ३६ हजार बराबरको १ करोड ६२ लाख ६० हजार २९१ कित्ता कम शेयर कारोबार भएको हो ।

    यो साता सबै समूहगत परिसूचक घट्यो 

    यो साता नेप्से परिसूचक र सेन्सेटिभ इन्डेक्ससँगै समग्र समूहगत परिसूचक पनि घटेको छ । यो साता वित्त समूहको सर्वाधिक ४ दशमलव ७७ प्रतिशत परिसूचक घटेको छ । त्यस्तै, होटल्स तथा पर्यटन समूहको ३ दशमलव ५६ प्रतिशत, जलविद्युतको ३ दशमलव ४५ प्रतिशत, लगानीको ३ दशमलव ३१ प्रतिशत, लघुवित्तको ३ दशमलव १४ प्रतिशत, अन्यको २ दशमलव ७५ प्रतिशत, व्यापारिकको २ दशमलव ६२ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव ४४ प्रतिशत, जीवन बीमाको २ दशमलव ४० प्रतिशत, म्युचुअल फण्डको २ दशमलव २६ प्रतिशत, विकास बैंकको १ दशमलव ९४ प्रतिशत, बैंकिङको १ दशमलव २८ प्रतिशत र उत्पादन तथा प्रशोधनको शून्य दशमलव ७७ प्रतिशत परिसूचक घटेको हो । यो साता वित्त समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका हुन् ।

    गत साता र यो साता तुलनात्मक रुपमा बजारका सूचकहरु :

                                                                                    स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

    साताव्यापी समूहगत परिसूचकमा आएको परिवर्तनको अवस्था  :

                                                                           स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    वीरगन्जमा नाला निर्माणको शिलान्यास गर्दै मन्त्री यादवले भने : अब डुबानको समस्या हट्नेछ

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    News

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑