• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राजस्व अनुसन्धानको बेवास्तामाथि आन्तरिक राजस्वको प्रश्न

  • वीरगंज संजाल
  • ३० भाद्र २०७८, बुधबार ०८:५७
  • ३८८९

    वीरगंज । भैरहवाबाट २३ दिनअघि झन्डै साढे २ करोड रुपैयाँबराबरको नक्कली स्टिकर बरामद घटनाका अभियुक्तलाई कारबाही गर्न राजस्व अनुसन्धान विभागले आनाकानी गर्दै आएको पाइएको छ ।आन्तरिक राजस्व विभागले यो विषयमा राजस्व अनुसन्धान विभागको ध्यानाकर्षण गराएको भए पनि राजस्व अनुसन्धानका महानिर्देशक रामप्रसाद आचार्यले यसलाई गम्भीर रूपमा नलिएको स्रोतको दाबी छ । यो विषयलाई लिएर आन्तरिक राजस्वका महानिर्देशक शोभाकान्त पौडेल र राजस्व अनुसन्धानका महानिर्देशक आचार्यबीच खटपट बढेको पनि स्रोतको दाबी छ ।राजस्व अनुसन्धान एक अर्धन्यायिक निकाय हो । आन्तरिक राजस्व विभाग भने नियामक र प्रवद्र्धकका रूपमा काम गर्ने गर्छ । यता, राजस्व अनुसन्धान विभागसँग सशस्त्र प्रहरी तैनाथ हुन्छ । सशस्त्र प्रहरीले राजस्वसँग सम्बन्धित घटनाका अभियुक्त, बरामद सामान राजस्व अनुसन्धान विभागमा बुझाउने गर्छ ।

    सशस्त्र प्रहरी बल नम्बर २७ गण रूपन्देही मातहतको बोर्डर आउट पोस्ट (बीओपी)बाट सशस्त्र प्रहरी निरीक्षक कृष्णप्रसाद अर्यालको नेतृत्वमा खटिएको नौ जनाको मोबाइल टोलीले ५ भदौको राति सिद्धार्थनगर नगरपालिका–३ दरखसवास्थित सहिद अन्सारीको घरबाट आन्तरिक राजस्व विभाग लेखिएको स्टिकर ८० रोल बरामद गरेको थियो ।जसमा एक रोलमा ३ हजार वटा थिए । बरामद नक्कली स्टिकर २ लाख ४० हजार रहेको र बरामद स्टिकरबाट आयकरअन्तर्गत १० लाख, मूल्य अभिवृद्धि करअन्तर्गत ३१ लाख ६३ हजार र अन्तःशुल्कबापतको १ करोड ९४ लाख गरी २ करोड ३५ लाख ६३ हजार रुपैयाँ छली हुने देखिएको राजस्व अनुसन्धानले जनाएको गणका एसपी राजेश उप्रेतीको भनाइ थियो ।

    नक्कली स्टिकर बरामद गर्ने क्रममा सशस्त्र प्रहरीले रूपन्देही सिद्धार्थनगर नगरपालिका–३ दरखसवा बस्ने २३ वर्षीय सहिद अन्सारी र सोही ठाउँ बस्ने २४ वर्षीय अमानत अलीलाई पक्राउ गरेको थियो । उनीहरूबाट लु२च २५० नम्बरको गाडीसमेत बरामद भएको थियो ।स्रोतका अनुसार, राजस्व अनुसन्धानका महानिर्देशक आचार्यले अनुसन्धान कार्यलाई प्रभावकारी रूपमा अघि नबढाएपछि अन्तरिक राजस्व विभागले दुई जना उपसचिव बुटवल पठाएर त्यसबारे जानकारी लिएको थियो । ती दुई उपसचिवले राजस्व अनुसन्धान विभागका महानिर्देशक आचार्यले नै अनुसन्धान कार्य अघि नबढाएको रिपोर्टिङ गरेको स्रोतले बतायो ।

    नक्कली स्टिकर ल्याउने उद्योग भैरहवाको क्रिस्टल डिस्टिलरी र उद्योगका मालिक फुलसिंह क्षत्री हुन् । उद्योगी क्षत्रीसँगको साँठगाँठका कारण राजस्व अनुसन्धानका महानिर्देशक आचार्यले अनुसन्धान अघि नबढाएको आन्तरिक राजस्वको ठहर छ ।

    स्रोतका अनुसार अनुसन्धान र छानबिन प्रक्रिया अघि नबढेको भन्दै सोमबार दिउँसो आन्तरिक राजस्वका महानिर्देशक पौडेलले राजस्व अनुसन्धानका महानिर्देशक आचार्यलाई फोनमार्फत जानकारी लिएका थिए । पौडेलले यति ठूलो प्रकरणमा किन अनुसन्धान ढिलाइ भएको भनेर प्रश्नसमेत गरेका थिए । पौडेलले सो उद्योगमाथि आगामी दिनमा कुनै पनि अन्तःशुल्कको कारोबार गर्न नसक्ने गरी फाइल तयार गर्नसमेत भनेको, जवाफमा आचार्यले अनुसन्धान भइरहेको भन्दै उम्किने प्रयास गरेको स्रोतको भनाइ छ ।राजस्व अनुसन्धानका महानिर्देशक आचार्यमाथि अन्तरिक राजस्वलाई धक्का लगाउने अन्तःशुल्क चुहावटको अन्य विषयमाथि समेत गम्भीर नभएको अन्तरिक राजस्व विभागको आरोप छ ।देशको राजस्व अपचलन रोक्ने र संकलन गर्ने सरकारी निकायबीचको मनमुटावले अन्ततः करछलीलाई प्रश्रय मिल्ने स्रोतको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम
  • पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    News

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑