• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    स्थानीय तहमा एक हजार जनस्वास्थ्य निरीक्षक नियुक्त हुँदै

  • वीरगंज संजाल
  • २९ भाद्र २०७८, मंगलवार २१:१०
  • २३३७

    बीरगञ्ज । सरकारले स्थानीय तहमा जनस्वास्थ्य निरीक्षक राख्ने नीतिगत व्यवस्था गरेको छ । कोभिड-१९ प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक परिचालनसम्वन्धी कार्यविधि २०७८ (पहिलो संसोधन) जारी गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा १ हजार ७७ जना जनस्वास्थ्य निरीक्षक नियुक्त गर्ने बाटो खोलेको हो ।

    कोरोना महामारीको समयमा जनस्वास्थ्यको काम प्रभावकारी बनाउन स्थानीय तहमा जनस्वास्थ्य निरीक्षक राख्न लागिएको हो । यसअघि नै जनस्वास्थ्य निरीक्षक परिचालनसम्बन्धी संक्षिप्त कार्यविधि, २०७८ जारी भएको थियो ।

    उक्त कार्यविधिमा जनस्वास्थ्य निरीक्षकको योग्यतालगायतका विषय स्पष्ट नभएकाले संशोधन गरेर जारी गरिएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । स्थानीय तहमा रहने जनस्वास्थ्य निरीक्षकको न्युनतम योग्यता जनस्वास्थ्य विषयमा कम्तीमा स्नातक गरेको हुनुपर्नेछ ।

    कहाँ कति जना खटाइने छ ?

    कार्यविधि अनुसार काठमाडौं महानगरपालिकामा ७ जना र अन्य महानगरपालिकामा ५–५ जना जनस्वास्थ्य निरीक्षकहरु रहने छन् । त्यसैगरी उप–महानगरपालिकामा ३–३ जना, नगरपालिकामा २–२ जना र गाउँपालिकामा १–१ जना जनस्वास्थ्य निरीक्षक रहनेछन् ।

    तलब स्केल कति हुनेछ ?

    कार्यविधि अनुसार उनीहरुको सुरुवाती तलब स्केल ३७ हजार ७० रुपैयाँ र ५० प्रतिशत जोखिम भत्ता १ हजार ९३५ रुपैयाँ गरी कुल ५६ हजार ८०५ रुपैयाँ हुनेछ ।

    कार्यविधिमा जनस्वास्थ्य निरीक्षकको सेवा अवधी १ बर्षको हुने र महामारीको अवस्था मुल्यांकन गरी पदावधि थप गर्न सकिने उल्लेख छ । मन्त्रालयले अहिले फाजिलमा रहेका स्थायी स्वास्थ्यकर्मीलाई जनस्वास्थ्य निरीक्षकको रुपमा प्राथमिकता दिने बताएको छ ।

    जनस्वास्थ्य निरीक्षक काम के हुनेछ ?

    जनस्वास्थ्य निरीक्षकहरुले स्वास्थ्य कार्यालयका प्रमुख तथा स्थानीय तहका स्वास्थ्य संयोजकको समन्वयमा काम गर्नुपर्नेछ । तीन तहको जनस्वास्थ्य समन्वय गर्न, क्वारेन्टिन र आइसोलसन निगरानी गर्न, केस इन्भेस्टिगेसन, कन्ट्याक्ट ट्रेसिङ, स्क्रिनिङ, हेल्थ डेस्क, उपचार र संचार गतिविधिहरु सम्बन्धित स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालयसँगको समन्यवमा उनीहरुले कार्य संचालन गर्नेछन्।

    यस्तै, जनस्वास्थ्य निरीक्षकले जनस्वास्थ्यको मापदण्ड पालना भए नभएको अनुगमन, जनचेतनामुलक गतिविधि संचालन, जनस्वास्थ्य मापदण्डबारे जानकारी तथा परामर्श, सरकारबाट जारी मापदण्ड पालना नगर्ने व्यक्ति तथा संस्थाहरुको सूची तयार गरी कारबाहीका लागि सिफारिस गर्ने, जोखिम स्थानको पहिचानका लागि सूचना संकलन र विश्लेषणात्मक प्रतिवेदन जिल्ला कोभिड व्यवस्थापन समितिमा पेश गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ।

    कार्य सञ्चालन विधि कस्तो हुनेछ ?

    जनस्वास्थ्य निरीक्षकले तोकिएको अधिकारीको प्रत्यक्ष सुपरीवेक्षण र स्वास्थ्य कार्यलय प्रमुख र स्थानीय तहका स्वास्थ्य संयोजकको समन्वयमा कार्य गर्नुपर्नेछ । त्यसैगरी जनचेतना अभिवृद्धिका लागि विभिन्न निकायसंग समन्वय गर्ने, हरेक हप्ता तोकिएको अधिकारीलाई रिपोर्ट बुझाउनुपर्ने कार्यविधिमा उल्लेख छ ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑