वीरगन्ज | भदौ २४ गते मैतीदेवीको सेतोपुल नजिकै रहेको मात्रिका आई सेन्टरमा शंकास्पद बस्तु राखेर फिरौती उठाउन खोजेको अभियोगमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरुलाई पक्राउ गरि आइतवार सार्वजिक गरेको हो। पक्राउ पर्नेहरुमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाका २५ वर्षिय आशिष गुरुङ्, २० वर्षीय अभिषेक कुँवर र रोल्पाका ४० वर्षीय अमरबहादुर रोक्का मगर रहेका छन्।
सेतो पुलबाट करीब १ सय मिटर दुरीमा रहेको एक भवनमा शंकास्पद वस्तु फेला परेको थियो। मात्रिका आई सेन्टर रहेको भवनको तेस्रो तल्लाको शौचालयमा शंकास्पद वस्तु फेला परेको थियो। भवनमा रहेको सीसी टीभी क्यामरामा दुई जना व्यक्तिले सो वस्तु राखेर निस्किएको देखिएको थियो।
सिसि क्यामरामा कैद भएको दृष्य
उनीहरुले भदौ २४ गते १० बजेर १० मिनेटमा अस्पतालमा रहेका रिसेप्सनिष्ट पूर्ण बहादुर दोङले प्रयोग गर्ने मोवाईलमा फोन गरी ‘तपाईंहरु दुई मिनेट भित्र सबैजना बाहिर जानुस (हामीले बम राखेका छौ) भनेको थिए। तर दोङले तपाईंले ठट्टा गर्नु भएको हो भनि जवाफ फर्काएका थिए। त्यसपछि नपत्याए तेश्रो तलाको बाथरुमा गई हेर्न जा भनेको अस्पतालका अध्यक्ष सुरज श्रेष्ठ र मेडिकल डाईरेक्टरलाई जानकारी गराएको प्रहरीले बताएको छ।
उनीहरुले अस्पतालका डाक्टरलाई तीन करोड रुपैयाँ नदिए अस्पताल र घर परिवारलाई समेत ध्वस्त पार्दिने धम्की दिएको अनुसन्धानमा देखिएको परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए। उनीहरुले बम राखेको भन्दै अस्पतालमा फोन समेत गरेका थिए। आशिषले सोहि अस्पतालमा आखाको शल्यक्रिया गरेकाले उनलाई अस्पतालका कर्मचारीको सम्पुर्ण जानकारी भएको खुलेको छ। त्यस्तै उनले एक सहकारीबाट १७ लाख रुपैयाँ ऋण समेत लिएका थिए।
शंकास्पद वस्तु देखिएपछि प्रहरी र नेपाली सेनाको डिस्पोजल टोली घटनास्थल पुगेर हेर्दा बम नभएको पुष्टि भएको थियो। प्रहरीले उनीहरु विरुद्ध आर्थिक लाभ केसमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ।