वीरगन्ज । रेखा महतो । वीरगञ्ज महानगरपालिकामा दर खाने कार्यक्रम सम्पन्न भएको छ। वीरगंज महानगरपालीकाले आज टाउन हलमा दर खाने कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा 32 वटै वडाको महिला वडा सदस्य लगायत महानगरपालिकामा कार्यरत महिलाकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको आयोजना उप मेयर शान्ति कार्कीले गर्नु भएको थियो। कार्यक्रमको सबैले नाचगान गरी मिठो मिठो परिकार खाएका थिए । एकअर्कामा माया र प्रेमको सदभाव पनि दर्शाएका थिए ।