बिरगंज । बिरगंज महानगरपालिका वडा न ९ का ३० जना महिलाहरुलाई एक महिने सिलाइकटाइ तालिमको आज एक कार्यक्रम गरी उदघाटन गरिएको छ।
वाडका महिलाहरु सिप सिकेर रोजगार तथा आत्मनिर्भर हुने बिश्वास रहेकोले यस कार्यक्रमबाट शतप्रतिशत उपलब्धि पाउने भएकोले तालिम कार्यक्रमलाइ निरन्तरता दिएको वडा अध्यक्ष मनोज कुमार कलवारले बताउनुभयो ।
सहभागी महिलाहरु यस तालिमबाट सिकेर आय आर्जन गर्न सक्यो भन्ने आफ्नो निजी खर्चको लागी आफै सक्ष्म हुने भएकोले सक्रिय भएर सिप सिक्न तथा आय आर्जन लगायत ब्यबसायीकरण बारे मन्तब्यको क्रममा वडा का वडा अधिकृत राजीव गिरीले बताउनुभयो ।
कार्यक्रममा ३० जना महिला सहभागीहरुले एक महिने तालिम प्रशिक्षण पश्चात समापनमा सिलाइ मेशिन साथै प्रमाणपत्र वितरण गर्ने आयोजक सरिता सिप कला केन्द्रका अध्य्क्ष सरिता गुप्ताले जानकारी गराइन।
कार्यक्रममा सहभागी सरिता गुप्ताको अध्यक्षतामा प्रमुख अतिथी मनोज कुमार कलवार ,बिशिष्ट अतिथी राजीव गिरी ,अतिथी राजेश कुमार गुप्ता जनप्रतिनिधि सदस्य कौशलकिशोर बर्णबाल ,दिलमाया श्रेष्ठ,प्रशिक्षक पुनम पटेल,संयोजक अभिजित चौधरी,पत्रकार जगत राइ उद्घोषक तथा कार्यक्रम सहयोगी बंशीधर गुप्ताको उपस्थिती रहेको थियो ।